गोपाल र अजय इन्काउन्टरबारे चितवन पुगेर बाेले गृहमन्त्रीले
सारांश
- भरतपुर, २५ साउन।
- गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणपछि हत्या घटनामा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन् ।
- ११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर इन्काउन्टरका नाममा गोली हानी हत्या गरेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो ।
भरतपुर, २५ साउन। गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणपछि हत्या घटनामा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन् । ११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर इन्काउन्टरका नाममा गोली हानी हत्या गरेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तेज पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्ला मात्र भएको दाबी गरे ।उनले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गर्दै हल्लाका पछाडी नलाग्न समेत आग्रह गरे । सञ्चारकर्मीहरुको प्रश्नमा उनले २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको र मुल कुरा त्यो रहेको बताए । गृहमन्त्री थापा यो घटना घटेका बेला नेपाल बाहिर थिए ।
बिहिबार उनले घटनाका सम्धन्धमा छानविन गर्ने बताएका थिए । सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका गृहमन्त्री थापाले शुक्रबार गृहजिल्ला चितवनमा त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गर्दै गोपाल र अजय प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका हुन् ।
प्रतिक्रिया