वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित

सारांश

  • काठमाडौँ ।
  • व्यवस्थापिका–संसद्को बैठकले तत्कालीन राष्ट्रियसभाका सदस्य वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।
  • सभामुख ओनसरी घर्तीले आजको बैठकमा सो शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकले तत्कालीन राष्ट्रियसभाका सदस्य वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख ओनसरी घर्तीले आजको बैठकमा सो शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँको यही भदौ ११ गते आइतबार ७७ वर्षको उमेरमा काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो ।

नेकपा (एमाले)का तर्फबाट मध्य पश्चिमाञ्चल विकास क्षेत्रबाट विसं २०५६ मा राष्ट्रियसभामा उहाँले प्रतिनिधित्व गर्नुभएको थियो । बाम प्रजातान्त्रिक आन्दोलनमा उहाँको अथक योगदान रहेको थियो ।

बैठकले स्व सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक आज १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?