संयुक्त राष्ट्रसंघका महासचिव अर्को साता नेपाल आउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०८०
|
|
४० पटक हेरिएको
Shares
संयुक्त राष्ट्रसंघका महासचिव अर्को साता नेपाल आउने

सारांश

  • काठमाडौं ।
  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।
  • मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मका लागि नेपाल आउन लागेको र बैठकले उनको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मका लागि नेपाल आउन लागेको र बैठकले उनको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेना लगायतका विषयमा उच्चस्तरमा छलफल गर्ने बताइएको छ । बैठकले तल्लो अरुण जलविधुत परियोजना ६६९ मेघावाटको आवश्यक १ सय दशमलव ९७ हेक्टर निजि जग्गा प्राप्ती गर्न स्वीकृती दिने निर्णय गरेको छ । परराष्ट्रमन्त्रीको कार्तिक ८ देखि १६ गतेसम्म अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रवक्ता शर्माले चाडपर्वमा हुनसक्ने कालाबजारी रोक्न अनुगमन टोली सक्रिय रहेको जानकारी दिइन्। चिनी लगायतका अत्यावश्य वस्तुको अभाव क्रमशः हट्दै जाने उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्याल्पो ल्होसारमा ३ दिन विदा
ग्याल्पो ल्होसारमा ३ दिन विदा
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने
शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
नीति तथा कार्यक्रमका कृषिलाई प्राथमिकता, १० वर्षमा कृषि उत्पादन दोब्बरले वृद्धि
नीति तथा कार्यक्रमका कृषिलाई प्राथमिकता, १० वर्षमा कृषि उत्पादन दोब्बरले वृद्धि
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
सरकारी खर्चमा भ्रमण मोह