वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
१७ पटक हेरिएको
Shares
वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गर्ने तयारी

सारांश

  • काठमाडाैं।
  • सरकारले नोवेल कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपालीहरूलाई चार्टर्ड जहाज पठाएर उद्धार गर्ने भएको छ।
  • बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ एक सूचना जारी गर्दै वुहानका नेपाली उद्धार गर्ने निर्णय बमोजिम छिट्टै जहाज आउने जनाएको छ।

काठमाडाैं। सरकारले नोवेल कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपालीहरूलाई चार्टर्ड जहाज पठाएर उद्धार गर्ने भएको छ।

बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ एक सूचना जारी गर्दै वुहानका नेपाली उद्धार गर्ने निर्णय बमोजिम छिट्टै जहाज आउने जनाएको छ।

'चीनमा नोवेल कोरोना भाइरसको महामारी फैलिएकाले हुवेई प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने नेपाल सरकारले निर्णय गरेको छ। विशेष चार्टर्ड जहाज ल्याउने योजनामा काम भइरहेको छ। जहाज उपलब्ध हुनासाथ विस्तृत जानकारी दिइनेछ,' दूतावासले भनेको छ।

घर फर्कन चाहने हुवेई प्रान्तमा बसिरहेका नेपालीले त्यसका लागि beijing@nepalembassy.org.cn. मा फारम भर्नु पर्नेछ। यस्तो फारम स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म भरिसक्नु पर्ने दूतावासको सूचनामा उल्लेख छ। घर फर्कन चाहने सबैले फारम भर्नुपर्नेछ भने बच्चाहरूको फारम आमाबुवाले भरिदिनु पर्नेछ।

उद्धार गरेर ल्याइएकाहरूलाई राजधानीका विभिन्न अस्पतालमा आसोलेटेड बेड बनाएर राख्ने तयारी गरिएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार टेकुलगायतका अस्पतालमा त्यस्ता बेडहरू बनाइएका छन्।

कोरोना भाइरसको आयु १४ दिनसम्म हुन्छ। त्यसैले वुहानबाट उद्धार गरिएकाहरूलाई अरू देशले पनि छुट्टै क्याम्प बनाएर राख्ने गरेका छन्।

यसअघि बिहीबार संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। आपतकाल घोषणा भएपछि धेरै देशले वुहानमा रहेका आफ्ना नागरिकको उद्धार गरेका छन्।

वुहानमा रहेका नेपालीहरूले आफूहरूको उद्धारमा सरकारले चासो नदेखाएको भन्दै गुनासो गरेका थिए।
गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म २ सय ५९ जना बढीको ज्यान गइसकेको छ भने  झन्डै १२ हजार संक्रमित छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?