वेबसाइटबाट यसरी पैसा कमाउनुस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
वेबसाइटबाट यसरी पैसा कमाउनुस्

सारांश

  • तपाईंं कुनै वेबसाइटमा निरन्तर सामग्रीहरू अपडेट गर्दै हुनुहुन्छ भने त्यसको पछाडि तीन कारण हुन सक्छन् ः तपाईंं यो काम रहरले गर्दै हुनुहुछ, तपाईंं यसबाट आम्दानी गर्न खोज्दै हुनुहुन्छ वा यो तपाईंंको रहर र आम्दानी दुवैको स्रोत बनाउने प्रयास गर्दै हुनुहुन्छ ।
  • तपाईंंले वेबसाइटमा राखेका सामग्री अन्य मानिसका लागि उपयोगी छन् भने तपाईंको यो कौशल नै वेबसाइटबाट आम्दानी गर्ने सिलसिलाको कोसेढुंगा साबित हुन सक्छ ।
  • तपाईं वेबसाइटलाई दीर्घकालीन आम्दानीको बाटो बनाएर यसलाई व्यावसायिकता दिँदै हुनुहुन्छ भने तीन सयभन्दा बढी व्यावसायिक वेबसाइट निर्माण गरिसकेका आइटी इन्जिनियर तथा सोबिजट्रेन्ड टेक्नोलोजीको प्रमुख कार्यकारी विनोद भट्टराईले दिएका यी टिप्स तपाईंका लागि निकै महत्वपूर्ण हुन सक्छन् : तपाईंको वेबसाइटको उद्देश्य, वेबसाइटको व्यापारिक मोडेल, वेबसाइटमा राखिएका सामग्री र वेबसाइटको ट्राफिक (वेबसाइट हेर्ने मान्छे)को उचित व्यस्थापनले नै वेबसाइटले गर्ने आम्दानीको निर्धारण गर्दछ ।

तपाईंं कुनै वेबसाइटमा निरन्तर सामग्रीहरू अपडेट गर्दै हुनुहुन्छ भने त्यसको पछाडि तीन कारण हुन सक्छन् ः तपाईंं यो काम रहरले गर्दै हुनुहुछ, तपाईंं यसबाट आम्दानी गर्न खोज्दै हुनुहुन्छ वा यो तपाईंंको रहर र आम्दानी दुवैको स्रोत बनाउने प्रयास गर्दै हुनुहुन्छ । तपाईंंले वेबसाइटमा राखेका सामग्री अन्य मानिसका लागि उपयोगी छन् भने तपाईंको यो कौशल नै वेबसाइटबाट आम्दानी गर्ने सिलसिलाको कोसेढुंगा साबित हुन सक्छ । तपाईं वेबसाइटलाई दीर्घकालीन आम्दानीको बाटो बनाएर यसलाई व्यावसायिकता दिँदै हुनुहुन्छ भने तीन सयभन्दा बढी व्यावसायिक वेबसाइट निर्माण गरिसकेका आइटी इन्जिनियर तथा सोबिजट्रेन्ड टेक्नोलोजीको प्रमुख कार्यकारी विनोद भट्टराईले दिएका यी टिप्स तपाईंका लागि निकै महत्वपूर्ण हुन सक्छन् :

तपाईंको वेबसाइटको उद्देश्य, वेबसाइटको व्यापारिक मोडेल, वेबसाइटमा राखिएका सामग्री र वेबसाइटको ट्राफिक (वेबसाइट हेर्ने मान्छे)को उचित व्यस्थापनले नै वेबसाइटले गर्ने आम्दानीको निर्धारण गर्दछ ।

तपाईंले सञ्चालन गर्नुभएको वेबसाइटको उद्देश्य के हो, त्यस विषयमा प्रस्ट रहनुहोस् । तपाईं वेबसाइटमा कन्टेन्ट राख्दै हुनुहुन्छ भने कुन उद्देश्यले कन्टेन्ट राख्नुभयो, यसमा प्रस्ट हुनुहोस् । जस्तो कि तपाईं कुनै संस्थाको बारेमा जानकारी दिनका लागि वेबसाइटमा सामग्रीहरू राख्दै हुनुहुन्छ भने तपाईंको वेबसाइटको उद्देश्य वेबसाइटबाट आम्दानी गर्ने होइन कि जानकारी दिने हो ।

तपाईंले राख्ने सामग्री अरूको कपी पेस्ट हुनुहुन्न । यसो हुँदा तपाईंको वेबसाइट सफल हुने सम्भावना घट्छ । तपाईंको बिजनेस मोडेलअनुसार नै सामग्रीको छनोट गर्नुहोस् ।

तपाईंको वेबसाइटको आम्दानी त्यतिवेला अत्यधिक हुन्छ, जतिवेला वेबसाइटको ट्राफिक अत्यधिक हुन्छ । तपाईंले जति धेरै युनिक कन्टेन्ट (फरक सामग्री) राख्नुहुन्छ, त्यति नै ट्राफिक धेरै हुन्छ ।

वेबसाइटको बिजनेस मोडेल तयार पार्नुहोस् । सबै वेबसाइट एकै प्रकृतिका हुँदैनन् । फरक प्रकृतिको वेबसाइटको व्यापारिक योजना अर्थात् बिजनेस मोडेल फरक हुन्छ । तपाईं विज्ञापनबाट आम्दानी गर्न सक्नुहुन्छ । तपाईंले विज्ञापन राख्नुहुन्छ भने कस्तो विज्ञापनमा केन्द्रीकृत हुने हो, त्यो विषयमा ध्यान दिनुहोस् । जस्तो कि, लोकल ब्यानर विज्ञापन, गुगल विज्ञापन, फेसबुक विज्ञापन वा अरू कुनै । यसरी पूरै व्यापारिक मोडेल बनाएर अगाडि बढ्नुभयो भने तपाईंको वेबसाइट सफल हुने सम्भावना धेरै हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता
आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
कीर्तिनिधि विष्ट जसले भारतीय सेना फिर्ता गराए !
कीर्तिनिधि विष्ट जसले भारतीय सेना फिर्ता गराए !