वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
सारांश
- काठमाडौं।
- दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ।
- तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो।
काठमाडौं। दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो।
सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो।
पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो।
उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै लक्ष्य भेट्टाएको हो। तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो।
नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया