६५ वर्षको उमेरमा पनि सुन्दर रेखा, यस्तो छ सुन्दरताको राज….

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
१८ पटक हेरिएको
Shares
६५ वर्षको उमेरमा पनि सुन्दर रेखा, यस्तो छ सुन्दरताको राज….

सारांश

  • एजेन्सी।
  • जिन्दगीमा कोही पनि बुढो हुन चाहदैनन्।
  • सबै आफ्नो जवानी र सुन्दरतालाई एकैनासको रही रहोस् भन्ने चाहन्छन्।

एजेन्सी। जिन्दगीमा कोही पनि बुढो हुन चाहदैनन्। सबै आफ्नो जवानी र सुन्दरतालाई एकैनासको रही रहोस् भन्ने चाहन्छन्। तर, हरेक व्यक्ति एकदिन वृद्ध अवस्थाबाट गुज्रिनै पर्छ। मानिसलाई वृद्ध अवस्थामा जवान र सुन्तरता कायम गर्न निकै कठिन हुन्छ। यसलाई निरन्तर रुपमा कायम राख्न सानोभन्दा सानो कुरामा पनि ध्यान दिन निकै आवश्यक पर्छ।

यस्तैमा बलिउडकी एक यस्ती अभिनेत्री जो अहिले पनि आफ्नो सुन्दरतालाई वर्षौदेखि पहिलेकै जस्तो कायम राखिरहेकी छन्। उनी हुन् रेखा गानेसान।६५ वर्ष पुगिसकेकी रेखा अहिले पनि जवान र सुन्दर देखिन्छन्। उनलाई हेर्दा यस्तो लाग्छ की उमेर भनेको एउटा नम्बर मात्र हो। तर उनको यस्तो सुन्दरतामा के छ त्यस्तो राज ?

 

आफ्नो सुन्दर छाला र कपालले गर्दा तारिफ पाइराख्ने रेखाको सुन्दरताको राज खानपिनमा ध्यान दिनुनै रहेको भारतीय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ।उनी एक विशेष ब्यालेन्स डाइट खाने गर्छिन्। उनी शारीरिक व्यायाम पनि गर्छिन्।तर सुन्दर छालाको लागि उनले पानीलाई नै प्रमुख तत्वको रुपमा लिने गरेको जनाइएको छ। उनी दिनमा १० देखि १२ ग्लास पानी पिउने गर्छिन्। उनी जंक फुडबाट सधै टाढा रहन्छिन्। उनी सधैं कम तेल र मसाला प्रयोग भएको खानेकुरा खान्छिन्। साथै उनी रोटी र दही खाने गर्छिन्।

रेखा दिनको अन्तिम खाना साँझ साढे ७ बजे खाने गर्छिन्। जसले गर्दा उनी खाना खाएपछि र सुत्नुअघि २ घण्टाको अन्तर राख्छिन्। उनी सधै योग र मेडिटेसन समेत गर्छिन्। उनको सुन्दरताको राज नै ब्यालेन्स डाइट र योग हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?