व्यवहार परिवर्तन गरे पूर्ण निको हुन्छ मानसिक रोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
व्यवहार परिवर्तन गरे पूर्ण निको हुन्छ मानसिक रोग

सारांश

  • काठमाडौं,२४ असोज ।
  • आज १० अक्टोबर, अर्थात विश्व मानसिक स्वास्थ्य दिवस ।
  • ‘कार्यक्षेत्रमा मानसिक स्वास्थ्य’ नाराका साथ विश्वभर आज यो दिवस मनाइदै छ के हो मानसिक स्वास्थ्य  मानव मस्तिष्कका  विभिन्न  कार्यहरू जस्तैं स्मृति, विचार, चेतना, भावना, आवाज आदिमा समस्या उत्पन्न भएर दैनिक क्रियाकलापमा असर गरे मानसिक स्वास्थ्यमा असर पुगेको भन्ने बुझिन्छ ।

काठमाडौं,२४ असोज । आज १० अक्टोबर, अर्थात विश्व मानसिक स्वास्थ्य दिवस । ‘कार्यक्षेत्रमा मानसिक स्वास्थ्य’ नाराका साथ विश्वभर आज यो दिवस मनाइदै छ

  • के हो मानसिक स्वास्थ्य
 मानव मस्तिष्कका  विभिन्न  कार्यहरू जस्तैं स्मृति, विचार, चेतना, भावना, आवाज आदिमा समस्या उत्पन्न भएर दैनिक क्रियाकलापमा असर गरे मानसिक स्वास्थ्यमा असर पुगेको भन्ने बुझिन्छ । विश्व स्वास्थ्य संगठनले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई उत्तिकै महत्व दिएको छ । त्यसैले स्वस्थ हुन मनसिक रुपमा पनि तन्दुरुस्त हुन जरुरी छ ।
  • मानसिक रोगका लक्षण
 मानसिक रोग विभिन्न प्रकारका छन् । हरेक रोगका बेग्लाबेग्लै लक्षण हुन्छन् । मुख्यतयाः निम्न लक्षण लामो समयसम्म देखिए मानसिक रोग लागेको यकिन गर्नुपर्छ ।

— उदास भइरहने, आलश्य हुने, शरीरमा फुर्ती नहुने, झिझो लाग्ने, झर्कने ।

— मुटु ढुक्ढुक् हुने, छट्पटी हुने, लामोलामो सास फेर्ने, सास अड्केको झै हुने, झस्कने, हातखुट्टा     काम्ने  वा पसिना आउने ।

— बेसुर हुने वा अनौठो व्यवहार देखाउने, बर्बराउने, कानमा आवाज बजे झंै लाग्ने, आँखा अगाडी     केही देखेझंै लाग्ने ।

— काम्ने, हातखुट्टा कडा हुने, मुर्छा पर्ने, अरुले बोलाएको थाहा नपाउने, बेहोस हुने

— टाउको पोल्ने, शरीर भारी हुने ।

— अत्यधिक रक्सी, चुरोट, लागू पदार्थ आदिको सेवन गर्ने र अम्मलविना बस्नै नसक्ने ।

— बारम्बार एउटै सोचाई आइरहने वा एउटै काम दोहोराइरहने ।

— बालबालिकाको मानसिक र शारीरिक विकास ढिला हुने, बोली अड्किने ।

— जिन्दगीदेखि विरक्त लाग्ने, आत्महत्या गर्ने सोच आउने वा प्रयास गर्ने ।

  •  उपचार के गर्ने
 अरु शारीरिक रोगहरू जस्तंै मानसिक रोग पनि उपचार गरे ठीक हुन्छ । मनोचिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने र आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सके मानसिक रोग पूर्ण ठीक हुन्छ । कुनै कुनै रोगमा लामो समयसम्म औषधि खाइरहनु पर्ने हुनाले आफंैले औषधि छोड्ने, घटाउने, परिवर्तन गर्नु हँुदैन ।
  •  मानसिक रुपमा स्वस्थ रहन के गर्ने ?

— मस्तिष्कलाई उत्तेजित पार्ने वस्तुहरु जस्तैं रक्सी, चुरोट आदि सेवन नगर्ने ।

— धेरै मात्रामा चिया, कफी र कृत्रिम मसला राखेर बनाएका फास्टफुड र जंक फुड नखाने ।

— निन्द्रा नबिगार्ने । दैनिक ६ देखि ८ घन्टा सुत्ने । सुत्ने र उठ्ने समय तालिका बनाउने ।

— शारीरिक कसरत, व्यायाम र योगा गर्ने ।

— सकेसम्म खाली नबस्ने र केही काममा व्यस्त राख्ने ।

— पानी प्रशस्त पिउने, यथेष्ट मात्रामा हरियो सागपात र फलफुल खाने ।

— मानसिक रुपमा स्वस्थ भए मात्र पुर्णरुपले स्वस्थ हुन सक्छौं । त्यसैले आफ्नो मन र मस्तिष्कलाई     तन्दुरुस्त राख्न आजैदेखि पहलकदमी चालौं ।हाम्रो डाक्टर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?