फाेनबाटै सम्बन्ध विच्छेद !
सारांश
- बाहरैच, उत्तर प्रदेश, १९ असोज ।
- उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन् ।
- मुस्लिम समुदायका नागरिकमा श्रीमान्ले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा सम्बन्ध विच्छेद भएको मानिने प्रचलन छ ।
बाहरैच, उत्तर प्रदेश, १९ असोज । उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन् । मुस्लिम समुदायका नागरिकमा श्रीमान्ले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा सम्बन्ध विच्छेद भएको मानिने प्रचलन छ । दाइजोको निहूँमा ती पुरुषले तलाक दिएको समाचारमा जनाइएको छ । भारतको केन्द्रंीय सरकारले मौखिकरुपमा तीन पटकसम्म तलाक भनेपछि सम्बन्ध विच्छेद भएको ठहरिने गरिएको यस प्रचलनलाई निरन्तरता दिन नपाइनेगरी अध्यादेश ल्याएको छ । त्यसैले तलाक दिने ती पुरुषका विरुद्ध श्रीमतीले भने मुद्दा दायर गरेको छ ।
पीडित श्रीमती नुरीकी आमा रेशमाकाअनुसार दाइजो नल्याएको कारणबाट पीडित ती महिलालाई घरका परिवारले दुःख दिएका थिए । तीन तलाकबाट पीडित महिला नुरीकाअनुसार उनको विवाह आठ महिना अगाडि भएको थियो । मोटरसाइकल र ५० हजार रुपैयाँ माइतीबाट ल्याउन भन्दै सासुले पिट्ने गरेकी नुरी बताउँछिन् । प्रहरीले तलाक दिने पुरुषका विरुद्धको मुद्दा लिएको छ । नुरीका श्रीमान् साउदी अरेबियामा छन् । उनले त्यहीँबाट टेलिफोन मै तलाक दिएका थिए ।
यस घटनाको अनुसन्धान सुरु भएको र आवश्यक कारबाही गरिने प्रहरीले जानकारी दिएको छ । मुसलमान समुदायमा तीन पटकसम्म तलाक दिइने प्रचलन विगत लामो समयदेखिकै हो । मुस्लिम नारीहरुमा दिने गरिएको तलाकका कारण उनीहरुमा परेकोले सरकारले हालैमात्र यो प्रचलनलाई निरन्तरता दिन नपाइने भन्दै अध्यादेश नै ल्याएको हो ।
प्रतिक्रिया