लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
५२ पटक हेरिएको
Shares
लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो

सारांश

  • यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
  • मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो ।
  • कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं।

यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो ।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं। प्रदेश प्रहरी कार्यालय, बिराटनगरका एसपी नविन राईले  बताए । यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।

त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।

पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भिडले आक्रमण गरेको थियो ।

आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

घटना सार्वजनिक भएपछि शिक्षक विद्यालयमै रहेको सूचना पाएका स्थानीयले स्कुल घेराउ गरेका थिए । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् ।

स्थिति नियन्त्रणमा आएको र लेटाङ आसपासका क्षेत्रमा अहिले बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
लकडाउन बढेपछि हिँडेरै घर जाने मजदूर बढे
लकडाउन बढेपछि हिँडेरै घर जाने मजदूर बढे
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
जित्नै पर्ने दबाबमा आज नेपाली क्रिकेट टोली
जित्नै पर्ने दबाबमा आज नेपाली क्रिकेट टोली
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् स् सडक नै पहिलो चिन्ता
गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् स् सडक नै पहिलो चिन्ता
बालेन शाहको अग्रता कायम नै पछ्याउँदै स्थापित
बालेन शाहको अग्रता कायम नै पछ्याउँदै स्थापित
सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..
सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग