शान्तिको अधर जन्मदिनको अवसरमा सार्वजनिक
सारांश
- गीतकार तथा चलचित्र पत्रकार शान्तिप्रियले जन्मदिनको अवसर पारेर ‘अधर’ एल्बम सार्वजनिक गरेका छन् ।
- बिहिबार काठमाण्डौको एक होटलमा एल्बमको बिमोचन गरिएको हो ।
- छायाँछवि क्रियशनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी संगीतकार शम्भुजित बास्कोटा, विशेष अतिथी कलाकार बसुन्धरा भुषाल, साहित्यकार डाक्टर नवराज लम्साल, निर्देशक मोहन निरौला, चलचित्र संघका अध्यक्ष प्रदिप उदय, निर्देशक मोहन निरौला लगायतले एल्बमको बिमोचन गरी शुभकामना ब्यक्त गरेका थिए ।
गीतकार तथा चलचित्र पत्रकार शान्तिप्रियले जन्मदिनको अवसर पारेर ‘अधर’ एल्बम सार्वजनिक गरेका छन् । बिहिबार काठमाण्डौको एक होटलमा एल्बमको बिमोचन गरिएको हो ।
छायाँछवि क्रियशनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी संगीतकार शम्भुजित बास्कोटा, विशेष अतिथी कलाकार बसुन्धरा भुषाल, साहित्यकार डाक्टर नवराज लम्साल, निर्देशक मोहन निरौला, चलचित्र संघका अध्यक्ष प्रदिप उदय, निर्देशक मोहन निरौला लगायतले एल्बमको बिमोचन गरी शुभकामना ब्यक्त गरेका थिए ।
अधर एल्बममा ५ गीत समावेश छन् । जसमध्य कार्यक्रममा ३ वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरियो । गीतकारले निरन्तर आफ्ना विभिन्न खालका रचना बजारमा ल्याइरहने बताए । यो एल्बममा ‘म त माया गर्ने मान्छे, म न नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दुरी चल्यो, याद तिम्रो’ लगायतका गीत समावेश छन् ।
अर्जुन पोखरेल, सन्तोष श्रेष्ठ, दीपक शर्माको संगीत रहेको एल्बममा प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल, युवराज चौलागाइको स्वर रहेको छ ।
प्रतिक्रिया