शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने
सारांश
- काठमाडौँ ।
- नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ ।
- पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै काँग्रेसले पुस २८ गतेका लागि बैठक सारिएको जनाएको छ।
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ । पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै काँग्रेसले पुस २८ गतेका लागि बैठक सारिएको जनाएको छ। नेपाली काँग्रेस सत्ताबाट बाहिरिएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै काँग्रेसमा तीव्र असन्तुष्टि बढेको छ ।
सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । शेखर–गगन समूहको बैठक आज बस्ने भएको छ ।
इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बुझिएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरू शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री द्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईँलगायत बसेर छलफल गरेका थिए ।
binance account
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
binance代碼
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
binance hesap olusturma
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.