साताको दोश्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २७, २०७९
|
|
३६ पटक हेरिएको
Shares
साताको दोश्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट

सारांश

  • काठमाडौ ।
  • साताको दोस्रो दिन आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
  • आज नेप्से सूचक १३.

काठमाडौ । साताको दोस्रो दिन आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १३.५९ अंकले घटेर १९१२.६९ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका २२५ कम्पनीका २६ लाख १३ हजार ५ सय ४० कित्ता शेयर खरिद बिक्रिबाट ८३ करोड १६ लाख ३ हजार ६ सय ५० रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाखको कारोबार भएको छ भने रिडी हादिरोको २ करोड ७९ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख, अपि पावरको २ करोड २७ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । म्युचुअल फण्डको सूचक ०.१२ अंकले बढेको छ । आज हाइड्रो समुह सर्वाधिक १.४३ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्स समुह १.०५ प्रतिशत घटेको छ ।

आज युनाईटेड इदी मार्दी हाइड्रोको शेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ भने सनराइज बैंकको ऋणपत्र र बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्य समान २ प्रतिशत बढेको छ । त्यस्तै आज इन्भेष्टमेन्ट बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९.५८ प्रतिशत घटेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य ५.८७ प्रतिशत घटेको छ । आज अपर हेवाखोला हाइड्रोको शेयर मूल्य ४.१५ प्रतिशत घटेको छ भने दोर्दी खोलाको शेयर मूल्य ४.१४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये १४९ कम्पनीको मूल्य घटेको छ भने २८ कम्पनीको मूल्य मात्र बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?