शिखर समाचार प्रभाब, बेसहारा दुई बालकले सहारा पाए
सारांश
- गत साउन १९ गते भिरबाट खसेर बुवाको मृत्यु भएपछि बेसहारा बनेका जुम्लाका २ जुम्ल्याहा बालकले सहारा पाएका छन् ।
- हुम्ला सर्केगाढ २ का ८ वर्षीय राम महतारा र लक्ष्मण महताराका बुबा लिबलाइट च्याउ खोज्न जाँदा दिवंगत भएका भए ।
- बुबाको मृत्यु पश्चात सहाराविहिन अवस्थामा पुगेका दुई बालक सम्बन्धी समाचार शिखरन्युजका संवाददाता विष्ण फडेराले सम्प्रेशण गरेका थिए ।
गत साउन १९ गते भिरबाट खसेर बुवाको मृत्यु भएपछि बेसहारा बनेका जुम्लाका २ जुम्ल्याहा बालकले सहारा पाएका छन् । हुम्ला सर्केगाढ २ का ८ वर्षीय राम महतारा र लक्ष्मण महताराका बुबा लिबलाइट च्याउ खोज्न जाँदा दिवंगत भएका भए । बुबाको मृत्यु पश्चात सहाराविहिन अवस्थामा पुगेका दुई बालक सम्बन्धी समाचार शिखरन्युजका संवाददाता विष्ण फडेराले सम्प्रेशण गरेका थिए ।

शिखरन्यूजमा समाचार प्रकाशित भएलगत्तै जुम्ला चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बालकको सहयोगका लागी पहल गरेकी थिइन् । उनकै पहलमा खलंगा बजारमा रहेको माया सदनमा २ बालकले आश्रय पाएका हुन् । मेयर सेजुवालले बाबु गुमाएर विपत्तिमा परेका बालकको उद्दार गरेर धेरै गुन लगाएको बालकका आफन्त कुशल महताराले बताए ।
दुई बालकलाई आश्रय दिएको माया सदन २०५८ सालमा भएको हो । माया सदनले अछाममा १४ जना, बर्दिया र नेपालगञ्जमा ५५ जना, हुम्लामा १८ जना गरी १२८ जना वेसहारा बालबालिकालाई आश्रय दिदै आएको छ । ७ जना सञ्चालक रहेको माया सदनलाई भारतको केरलाबाट सहयोग प्राप्त हुने गरेको छ ।

बालकहरुको भविष्यका लागि मानवीय नाताले पहल गरेको मेयर सेजुवालले बताइन् । दुखी गरिबको सेवा गर्न पाउँदा अत्यन्तै खुशी लागेको मेयरको भनाई छ । जुम्लामै रहेर पत्रकारिता गरिरहेका फडेरा आफुले लेखेको समाचारका कारण दुई बालकले सहयोग पाउँदा आफुलाई सामाजिक विषयमा कलम चलाउन थप प्रेरित गरेको बताउँछन् ।
निम्न परिवारका मृतक महराले च्याउ खोज्न जंगल जाँदा ज्यान गुमाएका थिए । उनका २ जुम्ल्याहा सहित ४ छोरा छन् । ४ बालकी आमा सुस्त मनस्थितिकी हुनुका साथै बोल्न नसक्ने छिन् ।
प्रतिक्रिया