शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३९ पटक हेरिएको
Shares
शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

सारांश

  • काठमाडौँ, १ असोज ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ ।
  • लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पु¥याइने छ ।

काठमाडौँ, १ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पु¥याइने छ ।एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौँका पाँच तथा ललितपुर र भक्तपुरका एक÷एक विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ । पछिल्लो पटक २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको सो ‘ट्रफी टुर’ सात स्थानमा पु¥याइनेछ । पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताउनुभयो । “चार वर्षपछि ए डिभिजन लिग शुरु हुँदैछ, चार वर्षदेखि फुटबल गतिविधि सुस्त थियो, फुटबल खेलप्रति आकर्षित गराउन ट्रफ्री टुरको आयोजना गरेका हौँ”– पूर्व राष्ट्रिय खेलाडीसमेत रहनुभएका संयोजक शर्माले भन्नुभयो । ‘स्कोर अ गोल’ नाम दिई रङ्गशालाबाट शुरु भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कलाकार, त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका विद्यार्थी, एन्फा पदाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । विसं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल सङ्घलाई दिएको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुती दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ए डिभिजन लिग ट्रफी’ नामाकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ ।

शहीद स्मारक ए डिभिजन लिगको स्थापना २०११ सालमा नरशमशेर जबराले गर्नुभएको हो । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् । ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् । उक्त उपाधि हालसम्म मनाङ् मस्र्याङ्दी क्लबले सबैभन्दा बढी ९विसं २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०० सात पटक जितेको छ ।यस्तै रानीपोखरी कर्नर टिम ‘आरसीटी’ले ९२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१० ६ पटक, नेपाल पुलिस क्लबले ९२०१२, २०१३, २०६३, २०६६ र २०६८० पाँच पटक, थ्री स्टार क्लबले ९२०५४, २०५५, २०६१, २०६९ र २०७१० पाँच पटक, महावीर क्लबले ९२०११, २०२३ र २०२६० तीन, सङ्कटा क्लबले ९२०३७, २०४० र २०४२० तीन पटक, अन्नपूर्ण फुटबल क्लबले ९२०३४ र २०३९० दुई, देउराली क्लबले ९२०२५ र २०२७० दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक÷एक पटक उपाधि जितेका छन् । विसं २०७० यता शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी  पीडित पक्षका आफन्तबीच झडप…
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी पीडित पक्षका आफन्तबीच झडप…
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
प्रधानमन्त्री देउवा भारत प्रस्थान
प्रधानमन्त्री देउवा भारत प्रस्थान
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक

तपाईंले छुटाउनुभयो कि?