चिनियाँ राजदूतले भेटिन प्रचण्डलाई, के भयो छलफल ?
सारांश
- काठमाडौँ, ६ भदौ ।
- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच नेपाल चीन सम्बन्धका विविध आयाम र हालै चिनियाँ उपप्रधानमन्त्रीले गर्नुभएको नेपाल भ्रमणका बारेमा कुराकानी भएको छ ।
- अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उहाँहरुबीची नेपाल र चीनबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
काठमाडौँ, ६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच नेपाल चीन सम्बन्धका विविध आयाम र हालै चिनियाँ उपप्रधानमन्त्रीले गर्नुभएको नेपाल भ्रमणका बारेमा कुराकानी भएको छ ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उहाँहरुबीची नेपाल र चीनबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
यस्तै चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपाल सरकारले हस्ताक्षर गरिसकेको अवस्थाका बारेमा समेत कुराकानी भएको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया