पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स, मानिसमा सर्ने खतरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७३
|
|
३५९ पटक हेरिएको
Shares

सारांश

  • पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ ।
  • केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।
  • ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो ।

पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२,  दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए । अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी-एड्सको उच्च जोखिममा छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो‍ वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो‍ भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी-एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने ।

नयाँ भाइरसको जोखिम

कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ । रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ । तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा योभन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस फेला परेको डा. पुनले बताए ।

हेर्पेस बी भाइरस : यो भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ । यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ ।

 

सहरका बाँदरबाट बढी समस्या

डा. पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए । अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताए । यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ । ‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन् ।

शुक्रराज अस्पतालमा दैनिक पाँचजना बिरामी

बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा. पुनले बताए ।

बाँदर र मानिसमा उस्तै रोग : वन्यजन्तुविज्ञ

वन्यजन्तुविज्ञ डा. मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताए । ‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन् । पशुपति र स्वयम्भूमा गरी नौ सयको संख्यामा बाँदर छन् । आहारको हिसाबले त्यो अत्यन्तै धेरै संख्या हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनपछि बालविवाह बढ्यो
लकडाउनपछि बालविवाह बढ्यो
प्रधानमन्त्रीका तीन प्रश्न, मोर्चाको तीन उत्तर
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा
चैत १० गते मंगलवारको राशिफल यस्तो छ
चैत १० गते मंगलवारको राशिफल यस्तो छ
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था

तपाईंले छुटाउनुभयो कि?