३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
३० पटक हेरिएको
Shares
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका

सारांश

  • दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।
  • उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पुर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन् ।
  • अनुसन्धान टोलीले छानविनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पुर्वडीआईजी निरौला सुन तस्करबीच पटकपटक सम्पर्कमा रहेको र विमानस्थलाट सुन पास गराउन भुमिका खेलेको निष्कर्ष निकालेको थियो ।

दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।

उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पुर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन् ।

अनुसन्धान टोलीले छानविनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पुर्वडीआईजी निरौला सुन तस्करबीच पटकपटक सम्पर्कमा रहेको र विमानस्थलाट सुन पास गराउन भुमिका खेलेको निष्कर्ष निकालेको थियो ।

छानविन गर्ने क्रममा पुर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको समेत संलग्नता रहेको आशंका गरेको छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?