वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी

सारांश

  • नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ ।
  • स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो ।
  • प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई क्षेत्र छाड्नुपर्ने भएपछि गौतमले सुरक्षित क्षेत्रका रूपमा बर्दिया नै रोजेका थिए ।

नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ ।

स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो । प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई क्षेत्र छाड्नुपर्ने भएपछि गौतमले सुरक्षित क्षेत्रका रूपमा बर्दिया नै रोजेका थिए । तर, प्रदेश सभाका दुवै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवार विजयी हुँदा गौतम भने उनीहरूले प्राप्त गरेभन्दा करिब ३ हजार कम मत पाएर पराजित भए ।

उपमहासचिव तथा ५ नम्बर प्रदेशका संयोजक विष्णु पौडेलको एकल निर्णयमा गत शनिबार तीन सदस्यीय प्रदेशस्तरीय छानबिन समिति बनेको हो । समितिमा वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ थारू सदस्य तथा ५ नम्बर प्रदेश सचिव भूमिश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराई सदस्य छन् ।समितिलाई छिटोभन्दा छिटो पराजयको कारणबारे सत्य–तथ्य छानबिन गर्ने जिम्मा दिइएको उपमहासचिव पौडेलले बताए । ‘उहाँहरूलाई छिटोभन्दा छिटो सत्य–तथ्य पत्ता लगाई गल्ती गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ, पौडेलले भने, ‘समितिले प्रतिवेदन बुझाइसकेपछि वास्तविकता बाहिर आउने एवं गौतमले आसंका गर्दै आएका पार्टीभित्रैबाट अन्तर्घात गरेको प्रमाणित भएमा  कारबाही शुरु गर्ने स्रोतले जनाएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध
पारस फेरि धर्मकर्ममा
पारस फेरि धर्मकर्ममा
The Man who Harassed- Latest Weinstein allegations could lead to arrest
The Man who Harassed- Latest Weinstein allegations could lead to arrest
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !
झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )
झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )