सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
सारांश
- केही दिन अगाडि मात्र असोज ११ गतेलाइ निर्माता छविराज ओझाले आफू निर्मित चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय गरेपछि खुबै चर्चा भयो ।
- विशेषगरि, यो मितिमा पहिले नै चलचित्र ‘छक्का पन्जा २’ले प्रदर्शन मिति तय गरिसकेको थियो ।
- छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइ, पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।
केही दिन अगाडि मात्र असोज ११ गतेलाइ निर्माता छविराज ओझाले आफू निर्मित चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय गरेपछि खुबै चर्चा भयो । विशेषगरि, यो मितिमा पहिले नै चलचित्र ‘छक्का पन्जा २’ले प्रदर्शन मिति तय गरिसकेको थियो ।
छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइ, पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । चलचित्रको एउटा गीत र फस्टलुक पनि रिलिज गरियो ।
तर, प्रदर्शन मिति असोज ११ गतेलाइ तोकेको केही दिनमै निर्माता छविराज ओझा पछाडि हटेका छन् । आज भएको लामो छलफलपछि छविले चलचित्र ‘छक्का पन्जा २’लाइ सिंगल रिलिज गर्ने स्थान छोडिदिएका हुन् । अब, छविको चलचित्र फागूण ४ गते रिलिज हुने भएको छ ।
निर्माता दीपकराज गिरीले दुइ निर्माताविच सहकार्य हुनु सुखद कुरा भएको बताउँदै यो शैली सबै निर्मातामा हुनुपर्ने बताए । दीपाश्री निरौला निर्देशित प्रतिक्षारत चलचित्रको गीत, टिजर र ट्रेलर पनि सार्वजनिक भैसकेको छ ।
प्रतिक्रिया