शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक विदा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ९, २०७९
|
|
२९ पटक हेरिएको
Shares
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक विदा

सारांश

  • काठमाडौं।
  • प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।
  • नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।

काठमाडौं। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो।

समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो। पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
फागुन २८ गते शुक्रवारको राशिफल यस्तो छ
फागुन २८ गते शुक्रवारको राशिफल यस्तो छ
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
३३ किलाे सुन प्रकरण:  चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…
३३ किलाे सुन प्रकरण: चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
नाइट क्लबमा रमाएका पूर्वराजा
नाइट क्लबमा रमाएका पूर्वराजा
भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ
भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ
एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने
एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

तपाईंले छुटाउनुभयो कि?