गाउँपालिकाको केन्द्रका विषयमा बिवाद चुलियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
५६ पटक हेरिएको
Shares
गाउँपालिकाको केन्द्रका विषयमा बिवाद चुलियो

सारांश

  • रुकुम(पूर्व)को भुमे गाउँपालिकाको केन्द्रका विषयमा विवाद चुलिएको छ ।
  • गाउँपालिकाको केन्द्र कहाँ राख्ने ?
  • भन्ने विषयमा गाउँपालिकावासीले आ–आफ्ना इच्छाहरु देखाएपछि बिबाद चुलिएको हो ।

रुकुम(पूर्व)को भुमे गाउँपालिकाको केन्द्रका विषयमा विवाद चुलिएको छ । गाउँपालिकाको केन्द्र कहाँ राख्ने ? भन्ने विषयमा गाउँपालिकावासीले आ–आफ्ना इच्छाहरु देखाएपछि बिबाद चुलिएको हो । गाउँपालिकाले केन्द्र टुंग्याउन लामो समयदेखि कसरत थालेपनि सफल हुन सकेको छैन ।

स्थानीय तह संख्या तथा सिमा निर्धारण आयोगले भुमे ३ सिमामा गाउँपालिकाको केन्द्र तोकेको अवस्थामा भुमे ६ महतवासीले महतमा र भुमे २ खारावाङवासीले खारावाङमा तथा सिमावासीले अहिलेकै ठाउँमा गाउँपालिकाको केन्द्र तोक्न माग गरिरहेका छन् ।

गाउँपालिकाको केन्द्र कहाँ राख्ने ? भन्ने विषयमा ३ ठाउँबाट प्रस्ताव अाएपछि गाउँपालिकाले सहमतिमा केन्द्र तोक्नेगरी छलफल गरिरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढाले जानकारी दिए । उनका अनुसार गत मंसिर १३ गतेदेखि हालसम्म बारम्बार छलफल भइरहेको छ ।

गाउँपालिकाको केन्द्र माग गरिरहेका ३ वडालाई तटस्थ राखेर ६ वडालाई सहमति कायम गर्न पटक पटकको समय दिएपनि सहमति हुन नसकेको हो । ‘गाउँकार्यपालिकाले गत मंसिर १३ गते ७ दिन भित्र सहमति गर्न भन्दै १९ गतेसम्मको समय दियो, अध्यक्ष बुढाले भने–‘त्यसपछि ३ दिनको समय थप गरियो त्यसमा पनि सहमति जुट्न नसक्दा मंसिर २७ गतेसम्म अन्तिम निर्णय गरिसक्ने भनेर समय तोक्यौं तर अझैँ सहमति हुन सकेको छैन् ।’

सहमति नभए नियमअनुसार गर्छौँ

बिबादले ठूलो रुप लिन सक्ने भन्दै सहमतिका लागि सबैसँग बारम्बार छलफल गरिहेको अध्यक्ष बुढाले बताए । सहमतिमा गाउँपालिकाको केन्द्रका विषयमा टुंगो लाग्न नसके निमानुसार अगाडी बढ्ने उनले बताए ।

स्थानीय तह संचालन ऐन २०७४ अनुसार जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र कुल सदस्यको सामान्य बहुमतले गाउँपालिकाको केन्द्र तोक्न सक्ने प्रावधान छ । ‘सानो बिबादलाई किन ठूलो बनाउनु र भनेर हामी पनि लचिलो भएर छलफल गरिरहेका छौं ।’

उनले भने–केहि गर्दापनि मिल्न सक्ने अवस्था आएन भने बहुमतले गाउँपालिकाको केन्द्र तोक्छ ।’ यसरी बहुमत सदस्यले तोकेको गाउँपालिकाको केन्द्रलाई अन्तिम टुंगो भने केन्द्रीय सरकारले लगाउने प्रावधान छ । भुमे गाउँपालीकामा माओवादी केन्द्रले जितेको छ ।

सिमावासी संघर्षमा उत्रिए

यसैबीच आयोगले तोके अनुसार गाउँपालिकाको केन्द्र सिमामै रहनुपर्ने भन्दै सिमावासी संघर्षमा उत्रिएका छन् । गाउँपालिकाको केन्द्र सिमामै हुनुपर्ने भन्दै दबाव दिन उनीहरुले गाउँपालिकाको केन्द्रमा तालाबन्दी गर्नुका साथै कालो झण्डा समेत राखेका छन् ।

त्यस्तै यातायातका साधनहरुपनि बन्द गराएका छन् । शिव सुनारको संयोजकत्वमा रहेको संघर्ष समितिले सिमामा रहेको गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै कार्यालयमा कालो झण्डा राखेका थिए । भने सिसाघारी देखी जितखोलासम्म यातायातका साधन बन्द गराएको छ । माग पुरा नहुञ्जेलसम्म शुक्राबारबाट सुरु भएका संघर्षका कार्यक्रम जारी रहेने संघर्ष समितिले जनाएको छ ।

३ ठाउँ मध्येमा खारावाङवासी भने केहि लचिलो देखिएको गाउँपालिकाले जनाएको छ । महत र सिमाबीचमा सहमति हुन सके २ ठाउँ मध्य जुनमा केन्द्र तोके पनि मान्ने खारावाङवासीले प्रतिक्रिया दिएको गाउँपालिका अध्यक्ष बुढाको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
राष्ट्रपति कार्यालयले भन्यो ‘भ्रामक समाचार प्रकाशन नगर्नु’
राष्ट्रपति कार्यालयले भन्यो ‘भ्रामक समाचार प्रकाशन नगर्नु’
Easy Ideas For The Best Date You may have Ever Had
Diksha Khati from Jhapa Participants on Miss Universe Nepal
Diksha Khati from Jhapa Participants on Miss Universe Nepal
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
३०३ स्थानीय तहको नतिजा सार्वजनिक :  कुन पार्टीले कहाँ जिते ?  (सूचिसहित)
३०३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)