संविधान दिवसमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
संविधान दिवसमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।
  • ३ असोजमा संविधान दिवसको अवसरमा उनी प्रमुख अतिथिका रुपमा नेपाल भ्रमणमा आउने भएका हुन् ।
  • दिल्लीस्थित विश्वस्त स्रोतले जानकारी दिए अनुसार भ्रमणको लागि आन्तरिक तयारी अगाडि बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । ३ असोजमा संविधान दिवसको अवसरमा उनी प्रमुख अतिथिका रुपमा नेपाल भ्रमणमा आउने भएका हुन् ।

दिल्लीस्थित विश्वस्त स्रोतले जानकारी दिए अनुसार भ्रमणको लागि आन्तरिक तयारी अगाडि बढेको छ । मोदीले संविधान दिवसको अवसरमा विशेष सम्बोधन गर्ने तयारी समेत भएको छ । उनी लुम्बिनी भ्रमणमा समेत जानेछन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमन्त्री एस। जयशंकरमार्फत् संविधान दिवसमा प्रमुख अतिथिका लागि निम्तो पठाएका थिए । यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको थियो ।

संविधान दिवसमा मोदीको भ्रमण उपयुक्त र सही हो भनी भारतीय जनता पार्टीका नेपालबारे जानकारहरुले सुझाव दिएपछि भ्रमणको सम्भावना बलियो भएको हो । भारतीय पक्षले विगतका कमी कमजोरी सच्याएर अगाडि बढ्ने चाहना व्यक्त गरेपछि मोदीको भ्रमणको सम्भावना देखिएको हो । मोदीको भ्रमणबारे भारतीय पक्षले केही दिनमै औपचारिक जानकारी दिने बुझिएको छ ।

मोदी नेपाल आएमा पाचौं पटकको नेपाल भ्रमण हुनेछ । दोस्रो कार्यकालमा पहिलो हुनेछ । यसअघि उनी पहिलो कार्यकालमा दुईपटक राजकीय र सार्क शिखर सम्मेलन र बिमस्टेक शिखर सम्मेलन गरी चारपटक भ्रमण गरिसकेका छन् ।

२०७२ मा संविधान जारी हुँदा भारतले संविधानको स्वागत गरेको थिएन । उसले अझै पनि खुलेर स्वागत नगरेकाले मोदी संविधान दिवसमा आउनु भनेको यसको स्वागत गर्नु हो भन्ने सन्देश जान सक्छ । त्यसैले प्रधानमन्त्री ओलीले संविधान दिवसमा प्रमुख अतिथिका रुपमा भारतीय प्रधानमन्त्रीलाई निम्तो दिएका हुनसक्छन् ।

मोदी सबैलाई चकित पार्ने कदम चाल्छन् । उनले विगतमा पकिस्तानको भ्रमण अप्रत्याशित रुपमा गरेका थिए । घरेलु राजनीतिमा उनको शैली यस्तै छ । नोटबन्दी र काश्मिरबारे निर्णय लिंदा यस्तै गरे । नेपाल भ्रमणमा पनि उनको यस्तै निर्णय आउनलागेको हो ।

(https://boxmining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनयुद्धपछि चौथोपटक लालकिल्ला बन्यो रुकुम
जनयुद्धपछि चौथोपटक लालकिल्ला बन्यो रुकुम
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)
संसद विघटन अगाडि नै प्रम ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको खुलासा
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल
माघ ७ गते बुधवारको राशिफल यस्तो छ
माघ ७ गते बुधवारको राशिफल यस्तो छ
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई
वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई