कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने

सारांश

  • काठमाडौं ।
  • निजामती सेवा ऐन मिचेर वन मन्त्रालयका केही कर्मचारी ३५ वर्षसम्म एउटै मन्त्रालयबाट कहिल्यै सरुवा भएका छैनन् ।
  • निजामती ऐन अनुसार प्रत्येक दुईदुई वर्षमा कर्मचारीको सरुवा गर्ने व्यवस्था छ।

काठमाडौं । निजामती सेवा ऐन मिचेर वन मन्त्रालयका केही कर्मचारी ३५ वर्षसम्म एउटै मन्त्रालयबाट कहिल्यै सरुवा भएका छैनन् । निजामती ऐन अनुसार प्रत्येक दुईदुई वर्षमा कर्मचारीको सरुवा गर्ने व्यवस्था छ। त्यो ऐनमा रहेको व्यवस्थाले वन मन्त्रालयका केही कर्मचारीलाई तीनदशकसम्म छुन सकेको छैन ।

एउटै मन्त्रालयमा वा एउटै अफिसमा बसिरहँदा त्यहाँ अनियमितता हुने सम्भावना भएकाले दुईदुई वर्षमा सरुवाको प्रयोजन ऐनमै ल्याइएको हो । तर, ३५ वर्ष काम गरेर अवकास लिनेपनि वन मन्त्रालयमा कर्मचारी छन् । वन मन्त्रालयमा करिब ३५ वर्षमा काम गरेका अर्का कर्मचारी पदम सुवेदीले गत असारबाट अवकाश लिए। उनी जागिर खाउन्जेल एउटै ठाउँमा बसे । 

मन्त्रालयमा प्राविधिक समूहका कर्मचारीको दुईतीन वर्षमा पालैपालो सरुवा हुने गरेको प्रशासन सेवाका कर्मचारी भने कहिल्यै सरुवा हुँदैनन् । वन मन्त्रालयमा कार्यरत शाखा अधिकृत अञ्जनी राजवंशी ३० वर्षदेखि वन मन्त्रालयबाट कतै सरुवा भएकी छैनन् । योजना शाखामा कार्यरत उनी वन मन्त्रालयबाट सरुवा कहिल्यै भएकी छैनन् ।

वन मन्त्रालयका अर्का नायब सुब्बा रत्नलाल श्रेष्ठ योजना शाखामा काम गरेको २९ वर्ष पूरा भएको छ। वन मन्त्रालयका अर्का कर्मचारी सागर श्रेष्ठ १७ वर्षदेखि कतै सरुवा नभइ बसेका छन् ।
शुरुदेखि एउटै शाखामा बसेका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपनि वन मन्त्रालयमै राख्ने गरेका छन्।

६ वर्षदेखि वन मन्त्रालयको स्टोर शाखामा रहेका नायब सुब्बा विश्व काफ्लेले राष्ट्रपति कार्यालयमा गरेको सरुवालाई मानेनन् । उनी वन मन्त्रालयमै बसे ।

(https://www.voiceoverherald.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २४ गते सोमवारको राशिफल यस्तो छ
फागुन २४ गते सोमवारको राशिफल यस्तो छ
माछा र चामल ‘जोन’ बनाइने
माछा र चामल ‘जोन’ बनाइने
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
सुन्दर अनुहारको लागि अमला यसरि प्रयोगमा ल्याउन सकिन्छ
सुन्दर अनुहारको लागि अमला यसरि प्रयोगमा ल्याउन सकिन्छ
६ छोरी जन्माएपछि महिला घर निकाला
६ छोरी जन्माएपछि महिला घर निकाला
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ

तपाईंले छुटाउनुभयो कि?