दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
५४ पटक हेरिएको
Shares
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा

सारांश

  • काठमाडौं।
  • दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा गरिएको छ।
  • दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ।

काठमाडौं। दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा गरिएको छ।

दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ। भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो। गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहिआएको छ।

सोही परम्पराअनुसार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरिएको हो। क्षमा पूजामा ११ जना पुरोहितले लघुरुद्री पाठ, यज्ञ होम, ग्रह पूजा र मुलुकमा शान्तिको कामनासहित माङ्गलिक दोष शान्ति पूजा गरिएको थियो। क्षमापूजाको सबै खर्च सरकारले ब्यहोर्ने बताइएको छ।

दोलखा भीमेश्वरको शीलामा गत साउन ५ गते र लगत्तै साउन ९ गतेपनि पसिना आएको थियो। भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ। शीलाको दाँया भागबाट पसिना आउँदा भने शुभ संकेत मानिन्छ। गत साउन ५ गते शिलाको बाँया भागबाट र ९ गते शीरबाट पसिना आएको थियो।

यसअघि वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ मा भीमसेनको शिलाको बाँया भागबाट पसिना आएको थियो ।

यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ। भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको छ। भीमेश्वर मन्दिर व्यवस्थापन समितिको तर्फबाट दुई जोर कालो बोकासमेत बली दिइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
सामान्य असावधानीले हुन्छ आगलागी
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
प्रधानाध्यापकको सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त
प्रधानाध्यापकको सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
जुवा खेलिरहेका ११ जना पक्राउ
जुवा खेलिरहेका ११ जना पक्राउ
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे