संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१३३ पटक हेरिएको
Shares
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !

सारांश

  • उपसभामुख गंगा यादवले प्रयोग गरेको झन्डै एक करोड मूल्यको नयाँ मित्सुबिसी स्पोर्टेज कार ‘दुर्घटना’ मा परेपछि मर्मत गर्न संसद् सचिवालयलाई १७ लाख रुपैयाँ खर्चनुपर्ने भएको छ ।
  • हवाईजहाजमार्फत गृहजिल्ला सप्तरी पुगेका यादवले जिल्लामा चढ्न भन्दै सचिवालयले दिएको गाडी काठमाडौंबाट मगाएका थिए ।
  • एक वर्षअघि सचिवालयले किनेको उक्त गाडी उनका निजी चालकले चलाएको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ ।

उपसभामुख गंगा यादवले प्रयोग गरेको झन्डै एक करोड मूल्यको नयाँ मित्सुबिसी स्पोर्टेज कार ‘दुर्घटना’ मा परेपछि मर्मत गर्न संसद् सचिवालयलाई १७ लाख रुपैयाँ खर्चनुपर्ने भएको छ । हवाईजहाजमार्फत गृहजिल्ला सप्तरी पुगेका यादवले जिल्लामा चढ्न भन्दै सचिवालयले दिएको गाडी काठमाडौंबाट मगाएका थिए ।

एक वर्षअघि सचिवालयले किनेको उक्त गाडी उनका निजी चालकले चलाएको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । गाडीको अवस्था हेर्दा सामान्य दुर्घटना नभई ‘लापरबाही’ ले ठूलो दुर्घटना भएको हुनसक्ने आशंका गर्छन् संसद् सचिवालयका कर्मचारी ।

पुस पहिलो साता विधायन समितिकी सभापति गंगा चौधरीले प्रयोग गरेको स्कर्पियो गाडी दाङमा ‘दुर्घटना’ मा पर्‍यो । आमा, छोरी, बुहारी तथा आफन्त बोकेर कैलालीबाट दाङ फर्कने क्रममा दाङको कुसुममा आफूले प्रयोग गरेको १४३८ नम्बरको गाडी ‘दुर्घटना’ मा परेको जानकारी सभापति चौधरीले सचिवालयलाई गराएकी छन् । उक्त गाडी मर्मतमा २ लाख रुपैयाँ खर्च लाग्ने वर्कसपले जानकारी गराएको संसद् सचिवालयले जनाएको छ ।

यसरी भइरहेका गाडी धमाधम दुर्घटनामा पर्ने र संसद् सेवासुविधासम्बन्धी हालै पारित ऐनले थप पदाधिकारीलाई गाडी उपलब्ध गराउनुपर्ने व्यवस्था गरेपछि संसद् सचिवालयलाई गाडी व्यवस्थापन टाउकोदुखाइ भएको छ ।

सचिवालयले गाडीसँगै १ सय ५० लिटर तेल र दुईजना चालकको तलब सम्बन्धित व्यक्तिको तलबमै गाभेर पठाउने गरेको छ । हालै पारित संसद् सेवासुविधासम्बन्धी ऐनका नयाँ प्रावधानले थप गाडी उपलब्ध गराउनुपर्ने भएपछि संसद् सचिवालयले सरकारसँग २० वटा गाडी माग गरेको छ । आजको अन्नपूर्ण पोष्ट  दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
यी ६ अाेटा मन्त्रालयकाे चार महिनाकाे खर्च विवरण सार्वजनिक
यी ६ अाेटा मन्त्रालयकाे चार महिनाकाे खर्च विवरण सार्वजनिक
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
छठको मुख्य पूजा आज सन्ध्याकालीन अर्घ्य दिई पूजापाठ गरिने
छठको मुख्य पूजा आज सन्ध्याकालीन अर्घ्य दिई पूजापाठ गरिने
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
पर्यटन क्षेत्रमा उद्धारको आवरणमा मौलाएको बिमा ठगी धन्दा र प्रणालीगत संकटको खुलासा
पर्यटन क्षेत्रमा उद्धारको आवरणमा मौलाएको बिमा ठगी धन्दा र प्रणालीगत संकटको खुलासा