रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत
सारांश
- गुलरिया, बर्दिया, २३ वैशाख , वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ ।
- बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताउनुभयो ।
- व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले नेपालको संविधानमा अधिकारका सम्पूर्ण कुरा समेटिएकाले संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।
गुलरिया, बर्दिया, २३ वैशाख , वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ ।
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताउनुभयो ।
व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले नेपालको संविधानमा अधिकारका सम्पूर्ण कुरा समेटिएकाले संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि बजेटमा जनताले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले कृष्णसार संरक्षणका लागि रणनीति तथा कार्ययोजना बनाएर काम गर्न संरक्षणकर्मीलाई सुझाव दिँदै जनतालाई संरक्षणप्रति अपनत्व महसुस गराउनु पर्ने सुझाब दिनुभयो ।
कार्यक्रममा सहभागी तथा स्थानीयवासीले कृष्णसार संरक्षण क्षेत्रभित्रका बस्ती व्यवस्थापन गरी संरक्षणका लागि बलियो पर्खाल र बाढी मुक्त क्षेत्र बनाउन मागसमेत गरेका छन् ।
कृष्णसार संरक्षित क्षेत्र गुलरिया नगरपालिकाको वडा नं १, २, ३ र ४ को क्षेत्रमा कूल १६.९५ वर्ग किलो मिटरमा फैलिएको र कृष्णसारको वासस्थान ५.२७ वर्ग किलोमिटरमा मात्र बसोबास रहेको छ । संरक्षित क्षेत्रमा हाल भाले ५८ पोथी १३० र बच्चा २० गरी २०८ वटा कृष्णसार छन् ।
Rk Paul Tmg
Mantri jyoo hami nepali janta rahar le afno family xoder bidesiyaka hoinau hami badhyata le nepal bat bidesh afno family palnu kai nimti gayako hau yo kura tapai jasto neta lai janakari vako nai kura ho tar ma tapai haru nepal desh ko neta vanauda haru lai prasna garnu chahanxu nepal ko neta haru le kahile samma india ko modi kutta ko khutta dhoker lampasar pari basne ho ra kahile samma modi kutta ko varu paisa ma nepal ko neta biki basne ho yo kura nepali janta lai janakari garaunu paryo yadi india ko modi kutta sanga jun pradhan mantri vay pani lampasar pari rahane ho vane aba ko 10 barsa paxi nepal desh siriya jasto yudda ma fasnu pani sakxa ra yadi nepal desh ko hijada khate neta haru le modi kutta sanga lampasar matra parne ho vane 100% nepal desh ma bikash pani hudain ra nepali janta le india ko hepaha jyadati le garda khusi ra santi ko sas pani fernu sakdain yo kura nepal hijada lampasar badi neta haru le ramro gari bujhe hunxa