संसदमा गर्जिए गगन थापा, एमाले सांसदहरू चकित !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
संसदमा गर्जिए गगन थापा, एमाले सांसदहरू चकित !

सारांश

  • काठमाडौं, ४ भदौ ।
  • नेपाली कांग्रेसका सांसद गगन थापाले एमालेका जनप्रतिनिधि र निर्वाचन आयोगका कर्मचारीहरूको मिलोमतोमा बुढानीकण्ठमा शनिबार राति मतदाता नामावली संकलनको ल्यापटपसहितका सामग्रीसहित रङ्गेहात पक्राउ परेको भन्दै कारबाहीको माग गर्नुभएको छ ।
  • संसदको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले एमालेबाट वडाध्यक्षमा निर्वाचन जनप्रतिनिधिबाट भएको यस्तो खालको अपराधलाई ढाकटोप गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भयो ।

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले एमालेका जनप्रतिनिधि र निर्वाचन आयोगका कर्मचारीहरूको मिलोमतोमा बुढानीकण्ठमा शनिबार राति मतदाता नामावली संकलनको ल्यापटपसहितका सामग्रीसहित रङ्गेहात पक्राउ परेको भन्दै कारबाहीको माग गर्नुभएको छ ।

संसदको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले एमालेबाट वडाध्यक्षमा निर्वाचन जनप्रतिनिधिबाट भएको यस्तो खालको अपराधलाई ढाकटोप गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भयो ।

‘बुढानीलकण्ठ नगरपालिकास्थित एमालेबाट निर्वाचित वडाध्यक्षको घरमा शनिबार राति हाम्रा साथीहरूले मतदाता संकलन गर्न आएका कर्मचारीहरूलाई ल्यापटपसहितका सामग्रीसहित नियन्त्रणमा लिएर आयोगमा बुझाएका छौँ’, उहाँले भन्नुभयो, ‘एमालेको यस्तो क्रियाकलापले निर्वाचनको पवित्रतामा प्रश्न चिन्ह उठेको छ । यस्ता अपराधीलाई कारबाही गर्नुपर्छ । यदि कारबाही भएन भने यसको मूल्य चुकाउनु पर्नेछ ।’

नियन्त्रणमा लिएर निर्वाचन आयोगमा बुझाइएका कर्मचारीलाई आयोगले केही गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिको पनि कांग्रेस सांसद थापाले आक्रोश व्यक्त गर्नुभयो ।

‘एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भिड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने’, उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।’

शनिबार राति बुढानीलकण्ठमा स्थानीयले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेको अवस्थामा नियन्त्रणमा लिएर निर्वाचन आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो ।

थापा एमाले र निर्वाचन कार्यालयका कर्मचारीप्रति औँलो उठाउँदै गर्दा एमालेका सांसदहरू भने संसदमा अनौठो मानेर सुनिरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?