मदन भण्डारीको स्मृति अवसर पारी एमाले र माओवादीबीच एकताको औपचारिक घोषणा हुँदै
सारांश
- काठमाडौँ, ३ जेठ- एक वर्ष अघिदेखि पार्टी एकताको प्रक्रियामा रहेका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच आज औपचारिक रुपमा पार्टी एकता घोषणा गर्ने भएका छन् ।
- हिजो एमाले र माओवादीको छुट्टाछुट्टै वैठक बसेर एकता गर्ने सहमति गरिसकेको बताएका छन् ।
- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।
काठमाडौँ, ३ जेठ- एक वर्ष अघिदेखि पार्टी एकताको प्रक्रियामा रहेका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच आज औपचारिक रुपमा पार्टी एकता घोषणा गर्ने भएका छन् । हिजो एमाले र माओवादीको छुट्टाछुट्टै वैठक बसेर एकता गर्ने सहमति गरिसकेको बताएका छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।
आज मदन भण्डारीको स्मृति दिवस पारेर पार्टी एकता घोषण हुन लागेको हो । नेपालमा फुटिरहने कम्युनिष्ट पार्टीको इतिहासमा दुई ठूला पार्टीको एकता निकै महत्वपूर्ण दिन मानिनेछ ।
दुई नेताबीचको सहमति अनुसार नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य रहने सहमति भएको छ । यी विषयको औपचारिक निर्णय आज बिहान बालुवाटारमा एकता संयोजन समितिको बैठक बसी गर्ने बताइएको छ ।
महाधिवेशनसम्म दुई अध्यक्ष रहनेगरी आगामी महाधिवेशनमा नेतृत्व छनोट गर्ने सहमति भएको छ । दुवै दलबीच एकीकृत दलमा चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ । एमालेबाट २ सय ४१ जना र माओवादी केन्द्रबाट २ सयजना रहने सहमति भएको छ ।
Justin Biral
? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ мσяиιиg <3
? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 7:19 AM ?
??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???
Jit Ghale
Asuv din ma paryo ni party yekata ta. Pxi khatpat hunx ki…
Bhesraj Khadka
good news
Umesh Kattel
Well done!!