संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०८२
|
|
४३ पटक हेरिएको
Shares
संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने भएको छ ।
  • एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले आधिकारिक ढंगबाट संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने कि कानून व्यवसायीमार्फत जाने भन्ने कुरामा छलफल भइरहेको बताए ।

काठमाडौं। नेकपा (एमाले) संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने भएको छ । एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले आधिकारिक ढंगबाट संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने कि कानून व्यवसायीमार्फत जाने भन्ने कुरामा छलफल भइरहेको बताए ।

‘संसद् पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीको आधिकारिक ढंगबाट जाने अथवा कानून व्यवसायीमार्फत जाने भन्ने कुरामा हामी अन्तिम छलफल गर्दैछौं,’– आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि बनेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दुई पटक संसद् विघटन गरेको थियो । उक्त संसद् विघटनलाई सर्वोच्चले असंवैधानिक भन्दै पुनर्स्थापना गरिदिएको थियो । यसअघि संसद् विघटन ठीक भन्दै आएको एमाले पुनः संसद् विघटनको विरुद्धमा रिट लिएर सर्वोच्च जाने तयारी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन
प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन
मेगा बैंकले विपन्न वर्गका लागि ४ अर्ब रुपैँया लगानी गर्ने  !
मेगा बैंकले विपन्न वर्गका लागि ४ अर्ब रुपैँया लगानी गर्ने !
दलको विधान एउटा काम अर्कै, कोटरीबाट चल्छन् मुख्य नेता
दलको विधान एउटा काम अर्कै, कोटरीबाट चल्छन् मुख्य नेता
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री
मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा
एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली