सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १५, २०७९
|
|
४४ पटक हेरिएको
Shares
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ

सारांश

  • सोलुखुम्बु।
  • हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ।
  • बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो ।

सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ। बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो।

आइतबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो। हाल जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ।

जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयहरूले भने राहत महसुस गरेका छन् । हिउँविहीन बनेका हिमालहरू हिउँ परेसँगै सेताम्मे भएका छन्।

जिल्लाका पत्ताले, पिके, नाम्चे, खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ। हिउँदयामभरि हिउँ नपर्दा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरूमा चिसो महसुस हुन थालेको छ। यद्यपि विगतका वर्षहरूमा झैँ बाक्लो हिउँ नपरेको स्थानीयवासी प्रकाश मगरले बताए।

नाम्चे बजार क्षेत्रमा भने बिहान केही बेर मात्रै हिमपात भएको थियो। बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ।

कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे भएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए। उनका अनुसार हिउँ बाक्लो नपरेकाले जमिनमा भने हिउँ जम्न सकेको छैन।

हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरूले राहत महसुस गरेका छन्। हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा परेकाहरू आकासे पानी परेसँगै उत्साहित बनेको नेचा सल्यान गाउँपालिकाका कृषक दीपक बस्नेतको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव
संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छः ट्रम्प
निर्मला हत्या प्रकरण: नेपाल प्रहरीलाइ अायाे यस्ताे निर्देशन
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद