संसद अधिवेशनमा १५० विधेयक पेश गर्ने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
संसद अधिवेशनमा १५० विधेयक पेश गर्ने सरकारको तयारी

सारांश

  • काठमाडौ, २३ वैशाख- सरकारले व्यवस्थापिका संसदको आइतवार शुरु हुने बजेट अधिवेशनमा ४० बिषयका करिब १ सय ५० विधेयक पेश गर्ने तयारी गरेको छ ।
  • संविधान घोषणा भएको तीन वर्षभित्र पारित भइसक्नुपर्ने विधेयक तयार पारी सरकारले संसदमा पेश गर्न लागेको हो ।
  • आगामी असोजमा संविधान घोषणा भएको तीन बर्ष पूरा हुँदैछ ।

काठमाडौ, २३ वैशाख- सरकारले व्यवस्थापिका संसदको आइतवार शुरु हुने बजेट अधिवेशनमा ४० बिषयका करिब १ सय ५० विधेयक पेश गर्ने तयारी गरेको छ । संविधान घोषणा भएको तीन वर्षभित्र पारित भइसक्नुपर्ने विधेयक तयार पारी सरकारले संसदमा पेश गर्न लागेको हो ।

आगामी असोजमा संविधान घोषणा भएको तीन बर्ष पूरा हुँदैछ । कानुनमन्त्री शेरबहादुर तामाङका अनुसार संविधानले सुनिश्चित गरेका मौलिक अधिकारलाई ऐन बनाएर लागू गर्न सरकारले ती विधेयकहरु संसदमा पेश गर्ने तयारी गरेको हो ।

संघीय संसदका महासचिवसहितका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विधेयक पनि पेश गर्ने तयारी संसदको यही बैठकमा गर्न लागिएको छ । बजेट अधिवेशनको रुपमा लिइने वर्षे अधिवेशन विधेयक अधिवेशनको रुपमा पनि हुने भएको छ ।

आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यो भन्दा पहिले प्रि-बजेट छलफल र सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

आइतवारको संसद बैठकमा यसअघिका अध्यादेश पेश गर्ने कार्यक्रम छ । सभामुख कृष्णबहादुर महराले बजेट अधिवेशन भएपनि सरकारले संसदमा पेश गर्ने विधेयकहरुलाई पनि छलफल गराइ निष्कर्षमा पुरयाइने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?