संसद बैठकमा ९७ सांसद मात्र उपस्थित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
संसद बैठकमा ९७ सांसद मात्र उपस्थित

सारांश

  • श्रावण २०, २०७४ संविधानमा उल्लेख भएका आयोग गठनसम्बन्धी बिभिन्न तीन वटा विधेयकपारितको कार्यसूचीसहित आजका लागि बोलाईएको ब्यवस्थापिका संसद बैठकमा ९७ जना मात्र सांसद उपस्थित भएका छन् ।
  • विधेयक निर्णयार्थ प्रस्तुत गर्ने समय सांसदको आवश्यक संख्या नपुगेपछि बैठक आइतवारसम्मका लागि स्थगित भएको छ ।
  • उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले पेस गर्नुभएको जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय पहिलो संसोधन विधेयक २०७४ माथी विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा नेमकिपाका सांसदले गणपुरक संख्यामा सभामुखको ध्यानाकर्षण गराएका थिए ।

श्रावण २०, २०७४

संविधानमा उल्लेख भएका आयोग गठनसम्बन्धी बिभिन्न तीन वटा विधेयकपारितको कार्यसूचीसहित आजका लागि बोलाईएको ब्यवस्थापिका संसद बैठकमा ९७ जना मात्र सांसद उपस्थित भएका छन् । विधेयक निर्णयार्थ प्रस्तुत गर्ने समय सांसदको आवश्यक संख्या नपुगेपछि बैठक आइतवारसम्मका लागि स्थगित भएको छ ।

उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले पेस गर्नुभएको जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय पहिलो संसोधन विधेयक २०७४ माथी विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा नेमकिपाका सांसदले गणपुरक संख्यामा सभामुखको ध्यानाकर्षण गराएका थिए । नेमकिपाका डिल्लीप्रसाद काफ्लेले विधेयक स्वीकृत गर्न आवश्यक गणपुरक नरहेको भन्दै नियमापत्ति गरेपछि गणना गर्दा ९७ जना सांसद मात्र उपस्थित रहेको पाईएको थियो ।

कुनै पनि विधेयक पारितका लागि कम्तिमा एक चौथाई अर्थात एक सय ४९ जना सांसद आवश्यक पर्ने संसद नियमावलीमा उल्लेख छ । बैठकमा गणपुरक संख्या नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक पर्सी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभयो । आजको बैठकमा मधेशी आयोग विधेयक २०७४, थारु आयोग विधेयक २०७४, मुस्लिम आयोग विधेयक २०७४ र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी विधेयक २०७४ पारित गर्ने कार्यसुची थियो ।

यसैबीच आजको बैठकमा उप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले ‘भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका लागि अन्तर्राष्ट्रिय प्रबुद्ध समूह गठन गर्ने सम्बन्धी बहुपक्षीय सम्झौता सदनमा प्रस्तुत गर्नुभयो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री महराले भूपरिवेष्ठित राष्ट्रलाई विश्व व्यापार संगठन डब्लुटीओ लगायत व्यापारिक संगठनसँग जोडेर अध्ययन अनुसन्धान तथा गरिबी न्युनिकरण गरी लाभ दिलाउन प्रस्ताव फलदायी हुने दावी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Ranveer Singh’s drastic transformation for Simmba will leave you in splits, see pics
Ranveer Singh’s drastic transformation for Simmba will leave you in splits, see pics
सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्कालाई बेष्ट पफर्मर अवार्ड
सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्कालाई बेष्ट पफर्मर अवार्ड
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?
चितवनमा चरा गणना सुरु
चितवनमा चरा गणना सुरु
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
कार्यवाहक प्रधानमन्त्री पोखरेललाई
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
बाढीका कारण मृत्यु हुनेको संख्या छ सय
बाढीका कारण मृत्यु हुनेको संख्या छ सय

तपाईंले छुटाउनुभयो कि?