सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७९
|
|
४७ पटक हेरिएको
Shares
सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

सारांश

  • काठमाडौं।
  • नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ ।
  • मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो।

काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो।

यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बिएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा
वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य
कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
कोल्टे फेर्दै राजनीति
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ
१८ हजारको चिरफार गरेका एउटा बिरामि ! एलोपेथिक सम्भव नभएपछि आयुर्वेदिक पद्दति अपनाइदै