मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २६, २०७९
|
|
२९ पटक हेरिएको
Shares
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

सारांश

  • स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
  • मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
  • शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

मकवानपुरमा निर्वाचनका लागि प्रशासनद्वारा नेपाली सेना ५००, सशस्त्र प्रहरी ४००, नेपाल प्रहरी ९०० र म्यादी प्रहरी एक हजार ४०० परिचालित गरिएको हो । पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहने छन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात् मतदानस्थल वरिपरी नेपाली सेना परिचालन गरिएको छ ।

सबै सुरक्षाकर्मी मतदान केन्द्रको सुरक्षा र गस्ती गर्ने लगायतको काम गर्ने बताइएको छ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र कर्मचारीसँग मतपत्र लगायतका सामग्री लिएर पठाउने तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

यस्तै जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाउने कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताए । मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष र एक लाख ४४ हजार ९५९ महिला तथा छ जना तेस्रो लिङ्गी गरी कूल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । त्यसमा ६५ हजार ५४ नयाँ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै
भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै
हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय
हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
श्रम स्वीकृति अनलाइनबाटै
श्रम स्वीकृति अनलाइनबाटै
विदेशी मुद्रासहित पक्राउ
विदेशी मुद्रासहित पक्राउ
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

तपाईंले छुटाउनुभयो कि?