मास्कमाण्डु बन्दै काठ्माण्डौ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
४४६ पटक हेरिएको
Shares
मास्कमाण्डु बन्दै काठ्माण्डौ

सारांश

  • काठमाडौँमा रहेको धुँवाधुलो र यहाँको राजनीतिको धुलोमैलो हटाउने सवालमा सरकारले नागरिकलाई धेरै उल्लु बनाएको भन्दै विवेकशील नेपाली दलले आज बिहान ८ बजेदेखि “मास्काथोन” (मास्क लगाएर दौड्ने म्याराथन) कार्यक्रम आयोजना गरेको हो ।
  • डेढ घण्टासम्म भएको कार्यक्रम नारायण गोपाल चोकदेखि सुरु भई धुम्बाराही, चावहिल, गौशाला हुँदै पिंगलास्थानमा पुगी सम्पन्न भएको थियो ।
  • कार्यक्रममा स्थानीय, दलका सदस्य तथा शुभेच्छुकहरुको ठूलो सहभागिता रहेको थियो ।

काठमाडौँमा रहेको धुँवाधुलो र यहाँको राजनीतिको धुलोमैलो हटाउने सवालमा सरकारले नागरिकलाई धेरै उल्लु बनाएको भन्दै विवेकशील नेपाली दलले आज बिहान ८ बजेदेखि “मास्काथोन” (मास्क लगाएर दौड्ने म्याराथन) कार्यक्रम आयोजना गरेको हो । डेढ घण्टासम्म भएको कार्यक्रम नारायण गोपाल चोकदेखि सुरु भई धुम्बाराही, चावहिल, गौशाला हुँदै पिंगलास्थानमा पुगी सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय, दलका सदस्य तथा शुभेच्छुकहरुको ठूलो सहभागिता रहेको थियो । केही सहभागीहरुले दिवंगत भैसकेका राजा-रानीको भेषमा मास्क लगाई व्यंगात्मक तरिकाले सहभागिता जनाएका थिए l पिंगलास्थानमा पुगेर कोणसभामा परिणत भएको उक्त कार्यक्रममा दलले सहभागी जनाएकाहरुलाई प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, यातायात मन्त्री तथा स्थानीय विकास मन्त्रीहरुको फोन नम्बर प्रदान गरी एस्.एम्.एस्. गर्न आग्रह गरेका थिए ।

“यहाँको राजनीति तथा वातावरणलाई सफा गर्न तर त्यसबाट आफू प्रभावित नहुनको लागि मास्क लगाएर सहभागी भएका हौं । यस विषयमा आम नागरिकलाई सचेत बनाई आगामी स्थानीय निर्वाचनमा सही नेतृत्व सही ठाउँमा पुर्याउन पहल गर्नु जरुरी रहेको छ ”, कार्यक्रमका संयोजक विकल्प कश्यपले बताए ।

पिंगलास्थानमा भएको कोणसभामा केही समय साँगितिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले कार्यक्रम सञ्चालन गरिएको चौरको सरसफाइ पनि गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी
हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !
२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !