सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
सारांश
- काठमाडौँ, १८ असोज ।
- नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)को विद्यार्थी संगठनले नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागेको छ ।
- पूर्व एमाले र पूर्व माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले प्रहरी महानिरीक्षकको राजीनामा मागेका हुन् ।
काठमाडौँ, १८ असोज । नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)को विद्यार्थी संगठनले नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले प्रहरी महानिरीक्षकको राजीनामा मागेका हुन् ।
गृहमन्त्री रामबहादुर थापा “बादल”लाई सांसद तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले भेटेर ज्ञापनपत्र बुझाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा मागेका हुन् । जनताको जीउधनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम भएको भन्दै महानिरीक्षक खनालको राजीनामा मागिएको बताइएको छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारीलाई पक्राउ गर्न नसकेको, अपराध र हिंसाका घटना न्यूनीकरण गर्न नसकेको भन्दै सत्तारुढ दलकै विद्यार्थी संगठनले खनालको राजीनामा मागेको बताइएको छ ।
प्रतिक्रिया