सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना

सारांश

  • काठमाडाै, ३१ जेठ ।
  • मन्त्रीहरुले आ आफ्नो क्षेत्र र प्रदेशलाई मात्रै प्राथमिकतामा राखेर कार्यक्रम र बजेट विनियोजन गरेको भन्दै सत्तापक्षकै सांसदहरुले चर्को आलोचना गरेका छन्।
  • संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि बिहिबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सत्तारुढ दलकै सांसदहरुले विषयगत मन्त्रीहरुको आलोचना गरेका हुन्।

काठमाडाै, ३१ जेठ । मन्त्रीहरुले आ आफ्नो क्षेत्र र प्रदेशलाई मात्रै प्राथमिकतामा राखेर कार्यक्रम र बजेट विनियोजन गरेको भन्दै सत्तापक्षकै सांसदहरुले चर्को आलोचना गरेका छन्।

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि बिहिबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सत्तारुढ दलकै सांसदहरुले विषयगत मन्त्रीहरुको आलोचना गरेका हुन्।

नेकपाका सांसद मेटमणि चौधरीले म्याच फिक्सिङ्ग गर्ने खेडालीलाई जेल पठाईन्छ भने बजेटमा फिक्सिङ गर्ने मन्त्रीलाई पनि जेल पठाउनुपर्ने तर्क गरे। आवश्यकताको प्राथमिकता निर्धारण गर्नुभन्दा मन्त्री मन्त्रीको मिलेमतोमा आ–आफ्नो क्षेत्रमा बढी बजेट र योजना पार्ने लाई कारवाही गर्नुपर्ने बताए।

उनले भने, “म्याच फिक्सिङ गर्ने खेलाडीहरुको हातमा हतकडी लाग्छ, जेल जानुपर्छ, आज मन्त्रीहरुले आफ्नो बजेट र प्रोग्राम फिक्सिङ गर्दे आफ्नो निर्वाचन क्षेत्रमा पार्ने काम गरिरहनुभएको छ । यस मानेमा म्याच फिक्सिङ गर्ने खेलाडीले जेल जानुपर्छ भने प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरु जेल जानु पर्छ कि पर्दैन ? जेल जानु पर्छ।”

मन्त्रीहरुको प्रोग्राम फिक्सिङले मुलुकको सम्वृद्धिको बाटोलाई अवरोध श्रृजना गर्न सक्ने भन्दै उनले यस्ता मन्त्रीलाई जेल पठाउनुको विकल्प नरहेको तर्क गरे।

त्यसैगरी नेकपाका अर्का सांसद झपट बहादुर रावलले बजेट विनियोजनमा मन्त्री र नेताहरुले दुरदृष्टी राख्न नसकेको टिप्पणी गरे। उनले अन्यायपुर्ण बजेट विनियोजन भएको भन्दै नेता र मन्त्रीले नाकको टुप्पो भन्दा टाढा देख्न नसकेको दाबी गरे। बजेट विनियोजन गर्दा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, टोल र वडा भन्दा बाहिर गएर नेपालको मन्त्री बन्न नसकेको टिप्पणी उनले गरे।

उनले भने, “खेलकुद मन्त्रीको क्षेत्रमा ६५ करोड ८५ लाख विनियोजन भएको छ तर ७ नम्बर प्रदेशमा जम्मा २ करोड ५ लाख रुपैया मात्रै विनियोजन गर्नुभएको छ । तपाईहरुलाई त्यहाँको जनताको सराप लाग्दैन? त्यहाँका जनताले तपाईहरुलाई धिक्कार्दैनन्र त्यहाँका जनताको पाप लाग्छ कि लाग्दैन? तपाईहरुले कुन आँटका साथ कुन हिम्मतका साथ यो तहको अन्याय गर्नुभयो?”

संबैधानिक व्यवस्था विपरित बजेट विनियोजन गरिएको भन्दै उनले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई प्रश्न गरे, “तीन वटै मन्त्रालयका यी कार्यक्रमले सम्वृद्ध नेपाल र सुखी नेपाली बन्छरु के समानतामा आधारित कार्यक्रम अघि सार्नुभएको छ?” उनले अझै अगाडि थपे “पर्यटनमन्त्री र राज्यमन्त्री भएको ४ नम्बर क्षेत्रमा ८ सय २७ करोड ८३ लाख भएको छ तर मेरो ७ नम्बर प्रदेशमा जम्मा २ करोड ३५ लाख विनियोजन भएको छ। तपाईंहरुलाई दया लागेन अलिकति पनि विवेकले काम गरेन? म सोध्न् चाहन्छु।”

उनले राज्यमन्त्रीलाई लक्षित गर्दै भने, “कर्णालीमा ५७ वटा योजना र डोल्पामा ४४ वटा कार्यक्रम राख्दा तपाईहरुलाई अप्ठ्यारो लागेन?”

प्रतिनिधि सभाको अर्को बैठक असार ३ गते आईतबार बिहान ११ बजेका लागि लागि बोलाईएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?