नारायणहिटीको सिमाना तोकिंदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ ।
  • ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन आग्रह गरेको छ ।
  • नारायणहिटी संग्रहालय संचालन व्यवस्थापन र दिगो विकासका लागि तयार गरिएको अवधारणापत्रमा मुख्य विषय सिमाना नै भएको उल्लेख गरिएको छ ।

नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ ।

७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन आग्रह गरेको छ ।

नारायणहिटी संग्रहालय संचालन व्यवस्थापन र दिगो विकासका लागि तयार गरिएको अवधारणापत्रमा मुख्य विषय सिमाना नै भएको उल्लेख गरिएको छ । संग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नारायणहिटी परिसरमा रहेको राहदानी विभागलाई संग्रहालयको मातहतमा ल्याएर सो भवनमा ७७ जिल्ला कै संस्कृति झल्कने गरी संग्रहालय निर्माण गर्न सुझाव दिएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?