सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
५१ पटक हेरिएको
Shares
सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन

सारांश

  • तुलसीपुर, ११ मङ्सिर(रासस) स् सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश नं ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजूरीको प्रारम्भिक अनुसन्धान गरेको छ ।
  • आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्याङ्कन तथा भावि कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।
  • विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा एक हजार ७९९ उजूरी पठाइएको थियो ।

तुलसीपुर, ११ मङ्सिर(रासस) स् सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश नं ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजूरीको प्रारम्भिक अनुसन्धान गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्याङ्कन तथा भावि कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।

विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा एक हजार ७९९ उजूरी पठाइएको थियो । साथै आयोगका सहन्यायाधीवक्ता टेकबहादुर घिमिरेका अनुसार देशभर ६३ हजार ९५० निवेदन आयोगमा दर्ता भएका छन् । पछिल्लो एक वर्षदेखि अयोगले पूर्णता नपाउँदा देशभरका काम ठप्प भएको छ । तुलसीपुर मुकाममा पनि गएको वर्षको फागुनदेखि काम ठप्प छ ।

आयोगले पूर्णता पाएपछि काम शुरु हुनेसमेत उहाँले बताउनुभयो । साथै आगामी दिनमा आयोगको थप कार्यलय विस्तार गर्ने वा हटाउने, आगामी दिनमा कसरी कार्यसम्पादन सहज बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । तत्कालीन नेकपा (माओवादी) र राज्यपक्षबाट पीडित भएकाको उजूरीको सुनुवाइ तथा प्रारम्भिक अनुसन्धान तथा न्यायिक व्यस्थापन गर्ने उद्देश्यले मुकाम खोलिएको हो ।

त्यस अवसरमा उच्च सरकारी वकिल कार्यालयका सहन्याधीवक्ता ईश्वरीप्रसाद वञ्जाडेले मुकाम कार्यालयलाई पनि पीडितलाई राहात दिने गरी अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले अहिले भएका कर्मचारीको सङ्ख्या घटाएर ती कर्मचारीले खाने तलब पीडितलाई दिनुपर्ने बताउनुभयो । करारमा कर्मचारी भर्ना गर्दा द्वन्द्वपीडित परिवारलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तलब कटाएर द्वन्द्वपीडितलाई सहयोग

उच्च सरकारी वलिक कार्यालयका सहन्यायाधीवक्ता ईश्वरीप्रसाद बञ्जाडेले आफ्नो तलबको केही रकम द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो तलबको १० प्रतिशत हुन आउने रकम मासिक पाँच हजार द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले उक्त रकम रोल्पा थवाङका द्वन्द्वपीडितका विद्यार्थी तथा आमा समूहलाई सहयोग गर्ने बताउनुभयो । अन्य कर्मचारी तथा जनप्रतिनिधलाई यो कार्यमा प्रोत्साहन गर्न आफूले यसरी सहयोग घोषणा गरेकोसमेत बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
बिना अनुमति अमेरिकी राजदुत किन पुगिन चीनसंग जोडिएको रसुवा भन्सार ?
बिना अनुमति अमेरिकी राजदुत किन पुगिन चीनसंग जोडिएको रसुवा भन्सार ?
आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे
आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे
Is this how much Rajinikanth-starrer ‘Kaala’ has earned?
Is this how much Rajinikanth-starrer ‘Kaala’ has earned?
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !
४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !