सप्तरीमा ३३ बालिका र ११ महिला बलात्कृत

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • सप्तरी,८ मंसिर।
  •   सप्तरीमा ११ महीनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ ।
  • नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

सप्तरी,८ मंसिर।  सप्तरीमा ११ महीनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जसमा बालिका बलात्कारका ३३ र महिला बलात्कारका ११ तथा बालिका बलात्कार प्रयासका १३ र महिला बलात्कार प्रयासका चार घटना सार्वजनिक भएको छ ।

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारको ३२ घटनामा दुई र तीन वर्षीया समेत गरी ३३ बालिका पीडित भए । १२ देखि ६५ वर्षीय वृद्धसमेत ४३ आरोपितमध्ये १७ थुनामा र ११ विरुद्ध पक्राउ पूर्जी जारी भयो भने छ फरार छन् । बाल बिज्याइको आरोपमा दुई संरक्षकको जिम्मामा, दुई बालकको कैद सजाय स्थगन भएको छ । तीन जनाले सफाइ पाए, एक जना धरौटीमा रिहा भए भने एक मङ्सिर १ गते पक्राउ परेका छन् । महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ । आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन् । जसमध्ये १० थुनामा, सात फरार, छ जनामाथि पक्राउ पूर्जी वारेण्ट जारी भएको छ भने एकजनाले सफाइ पाएका छन् । महिला यौन दुव्र्यवहारका चार घटनामा चार महिला पीडित र पाँच आरोपित देखिएको छ । आरोपितमध्ये दुई जनामाथि पक्राउ पूर्जी, दुई जना धरौटीमा रिहा भए भने एक जनाले सफाइ पाएका छन् ।

बालिका यौन दुव्र्यवहारका १३ घटनामा तीन र छ वर्षका बालिकासमेत पीडित बने । आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहेका छन् । जसमध्ये तीन बालक बालसुधारगृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन् । एक जनालाई कैद सजाय, पाँच थुनामा, एक जनामाथि पक्राउ पूर्जी जारी, एक जना फरार छन् भने तीन जना धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह
असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह
आज शनिबारको राशिफल यस्तो छ
आज शनिबारको राशिफल यस्तो छ
सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन

तपाईंले छुटाउनुभयो कि?