सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
२१ पटक हेरिएको
Shares
सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै

सारांश

  • –हेमन्त केसी महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्करी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृत्यु भयो ।
  • उनीहरुको मृत्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ ।
  • अधिकांशको मृत्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका लागि लैजाने क्रममा भएको देखिन्छ ।

–हेमन्त केसी
महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्करी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृत्यु भयो । उनीहरुको मृत्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ । अधिकांशको मृत्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका लागि लैजाने क्रममा भएको देखिन्छ ।

वर्षायामको हिलो र भत्किएका बाटोमा असहजताको बीचमा ज्यान बचाउने अनेक जुक्ति निकाल्दा पनि उनीहरु मृत्युको मुखमा परेका हुन् । मानिसको जीवनमा जन्म हुँदा जती खुशियाली छाउँछ, उत्तिकै पीडा मृत्युमा हुन्छ । बच्चा जन्माएर परिवारमा खुशी दिने, बूढेसकालको सहारादेखि नयाँ सदस्यले कूल चलाउने महान सपना बोकेर प्रसव पीडाको बीचबाट जन्मिएको खुशी जुनीचाँदे गाउँपालिका–२ सिंहपुरी र बारेकोट गाउँपालिका–७ की २१ वर्षीया मनकुमारी परियारको ज्यान गयो ।

त्यस्तै आज कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको उपचार नै नपाएर ज्यान गएको छ । उनले जन्माएको छोराको स्वास्थ्य अवस्था राम्रो भए पनि आमाको ज्यान भने बचाउन सकिएन । दुई छोरीकी आमा छोराको आशमा तेस्रो पटक गर्भवती भएकी थिइन । त्यस्तै विषालु च्याउ खाँदा जुनीचाँदे गाउँपालिका स्याक्रीका पाँच जनाको ज्यान यसै साता गएको छ । उनीहरुको पनि समयमै उपचार नपाएर मृत्यु भएको छ । स्थानीय औषधि पसलमा उपचार गरेर दुई दिनपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत ल्याउँदा उनीहरुको ज्यान गएको हो ।

अहिले अन्य दुई जनाको उपचार कार्य जारी रहेको छ । त्यस्तै कुशे गाउँपालिका–६ भार्म भिरबाट साउन ८ गते लडेर कुशे–४ ताँगाचौरका ५४ वर्षीय सार्की दमाईको मृत्यु भयो । सोही ठाउँका ४५ वर्षीय नैने दमाई गम्भीर घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा उनको उपचार कार्य जारी छ । बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोमा परी १४ जनाले ज्यान गुमाए । एक अझै बेपत्ता छन् । घाइतेको दुई दिनपछि मात्र उद्धार गरिएको थियो । मौसम खराब भएको भन्दै उद्धारमा ढिला भएको थियो ।

आज मात्र डोल्पामा रहेको मामाघर जान हिँडेकी बारेकोट गाउँपालिका–९ सक्लाकी २२ वर्षीया टीका बिसीलाई नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । पहुँचमा स्वास्थ्य संस्था नहुनु र जहाँ त्यही कानून मिचेर स्थापना गरिएका औषधि पसलको उपचारले मानिसको ज्यान नबच्दा मानवीय भारी क्षति भएको छ ।

घरमै सुत्केरी हुने, आपत् परे स्वास्थ्य संस्था आउँदा मृत्यु

नजिक स्वास्थ्य संस्था, सञ्चार र सडकको सहज पहुँच नभएको हाम्रोजस्तो जिल्लामा सुत्केरीको ज्यान बढी गएको देखिन्छ । गर्भजाँचदेखि सुत्केरीसम्म घरमै हुँदा अकालमै ज्यान जानेको सङ्ख्या बढेको हो । विगतकै जस्तो परम्परावादी उपचार विधि प्रयोग गर्दा उपचारमा खेलाची भई ज्यान जाने गरेको पाइन्छ । यसका लागि गाउँमा रहेका धामी र वैद्यी काम गर्ने महिलालाई स्वास्थ्यसम्बन्धी तालीम दिन जरुरी रहेको छ ।

औषधि बिक्री गर्न बसेका औषधि व्यापारी डाक्टर हुँदा उपचार पद्धति नेमिल्दा धेरैको अकालमै ज्यान जाने गरेको छ । स्वास्थ्य संस्थाभन्दा औषधि पसलको विश्वास मान्ने हाम्रो चेतनाका कारण धेरैको अकालमै ज्यान गएको छ । गाउँका स्वास्थ्य संस्थाले आफ्नो विश्वास आर्जनका लागि भारी मेहनत गर्नुपर्ने देखिन्छ ।

चनाखालाई हेलिकप्टर, कमजोर मृत्यु

जाजरकोटमा अहिलेसम्म उद्धार भएका सबै पहुँच र चनाखो व्यक्ति रहेका छन् । जसले नेता, कर्मचारी र प्रहरीको सजिलै पहुँचमा जान सक्छ, उसको मात्र ज्यान बचेको देखिन्छ । आफ्ना आवाज कसैसँग पु¥याउन नसक्ने सर्वसाधारणको अकालमै मृत्यु हुने गरेको जुनीचाँदे गाउँपालिका–४ का रेशम खड्काले बताउनुभयो ।

‘जहाँ वर्षेनी च्याउ भनेर विष खाइन्छ’

घाँस काट्न जङ्गल गएको बेला कुशे गाउँपालिका–१ स्याक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रुपमा पकाएर खाए तर, उनको जीवनमा च्याउको मूल्य यति महँगो भयो कि, छोरा–छोरी र नातिनी गरी पाँच जनालाई गुमाउनुप¥यो । उनी आफैँ पनि अस्पतालको श्ययामा मृत्युसँग सङ्घर्ष गरिरहेका छन् ।

असार ९ गते राति टिपेर ल्याएको च्याउ खाँदा २३ वर्षीय छोरा ललित, छोरीहरु १६ वर्षीया औसरा र १३ वर्षीया धनसरा तथा नातिनीहरु ११ वर्षीया निरुता सिंह (भाइकी नातिनी) र दुई वर्षीया अञ्जनाको मृत्यु भयो । उनीसहित बुहारी कल्पना र भतिजी पशुपतिको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । “हेर्दै खाउँखाउँ लागेर वनबाट टिपेर ल्याएँ, त्यो त के को च्याउ हुनु, बिख पो रहेछ”, अस्पतालको बेडमा रहेका टेकबहादुरले भन्नुभयो, “राम्ररी नचिनेको चिज खाँदा अहिले यस्तो अवस्थामा पुग्नुप¥यो ।” अहिले उनी आइसियुमै रहेका छन् ।

५५ वर्षीय टेकबहादुर परिवारका मूली हुन् । श्रीमतीले पहिल्यैदेखि ज्वरो आएर बिरामी भएकीले च्याउ खाइनन् । कान्छो छोरा–बुहारी माइतीमा र जेठो छोरा घरबाहिर रहेकाले उनीहरु पनि च्याउ खानबाट जोगिए । घरमा रहेका टेकबहादुरसहित अन्य आठ सदस्यले भने च्याउ खाए । च्याउ खाएको भोलिपल्ट (शनिबार) बिहानैदेखि पेट दुख्ने, पैतलाको माथिल्लो भाग र आँखा सुन्निने तथा स्वास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिए । च्याउ खाएका सबैमा यस्ता लक्षण देखिएपछि टेकबहादुरलाई विषालु च्याउ रहेछ भन्ने लाग्यो ।

त्यसैले हतारहतार छिमेकीको सहयोगमा उनीहरु गाउँकै बाटुलेचौरस्थित मेडिकलमा पुगे । उपचारको क्रममै आइतबार दुई वर्षीया नातिनी अञ्जनाको मृत्यु भयो । अन्यको अवस्था पनि गम्भीर बन्दै गएपछि सोमबार गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा सात जनालाई सुर्खेत ल्याइयो । तैपनि सबैको ज्यान जोगिएन । सोमबार राति छोरी औसरा, मङ्गलबार दिउँसो छोरी धनसरा तथा नातिनी निरुता र शनिबार बिहान छोरा ललितको मुत्यु भयो ।

विषालु च्याउ खाएर मृत्यु हुने पाँच

अहिले अस्पतालमा टेकबहादुरसहित ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । अस्पतालका अनुसार उनीहरुको अवस्था पनि अस्थिर छ । अस्पतालका मेडिकल विभाग प्रमुख डा केएन पौडेलले बिरामीलाई बेलाबेलामा बेस्सरी च्याप्ने गरेको र कतिबेला के हुने हो भन्नै नसकिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल

बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ
बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ
एमाले माओवादी एकताको खाका कोरिदै
एमाले माओवादी एकताको खाका कोरिदै
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !

घरभित्रै जलेर महिलाको मृत्यु
घरभित्रै जलेर महिलाको मृत्यु
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

प्रचण्डले भने ” देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्”

पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ

महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?

तपाईंले छुटाउनुभयो कि?