को बन्ला महानगरपालिकाको मेयर ? चर्चामा रन्जु र किशोर थापा
सारांश
- स्थानिय तहको निर्वाचन भखरै सम्पन्न भएको छ ।
- तीन प्रदेशका मतदान केन्द्र बाट मतपेटिका संकलन गरिदै मतगणना स्थलमा ल्याउने कार्य हुँदैछ ।
- निर्वाचन आयोगले ७१ प्रतिशत मत खसेको जानकारी गरायको छ ।
स्थानिय तहको निर्वाचन भखरै सम्पन्न भएको छ । तीन प्रदेशका मतदान केन्द्र बाट मतपेटिका संकलन गरिदै मतगणना स्थलमा ल्याउने कार्य हुँदैछ । निर्वाचन आयोगले ७१ प्रतिशत मत खसेको जानकारी गरायको छ ।
सबैको चासोको बिषयमा रहेको राजधानीको मतगणना भने केही बेरमै सुरु हुने जानकारी प्राप्त भएको छ । परिणाम के आउछ भन्ने प्रतिछ्यामा जनताहरु कौतुहल छन । काठमाडौं महानगरपालिकामा को मेयर हुनेहुन भन्ने कौतुहल्ताले जनताहरु बेग्र छन । वडा र महानगरमा कुन पाटीका कुन उमेद्द्वारले बाजमार्ला यो चर्चाको बिषय भएको छ । दिन भरी नै मतदान केन्द्रहरुमा यिनै बिषयमा मतदाताहरु छलफलिय । यसै सन्धर्वलाई लिएर शिखरन्युज का लागि विजय तिमिल्सिना ले तयार परेको एक रिपोट:
आज सम्पन्न स्थानिय निर्वाचनलाई काठमाडौं महानगरपालिकाका भोटरहरुले परीणमलाई अनुमान गर्न निकै गार्हो भएको बताय । दुई चर्चित नयाँ दल र पुराना तीन दलहरुको प्रतिस्पर्धका कारण निर्वाचन परिणाम कुन पाटीको पक्षमा जाला अनुमान गर्न गार्हो भएको छ । सामाजिक सन्जाल र युवाहरुमा चर्चित विवेकशिल नेपालीको मेयर उमेद्द्वार रन्जु दर्शना र परिवर्तनका लागि नयाँ पार्टीको खाँचो छ भन्दै आएका पुर्व वरिष्ट पत्रकार रबिन्द्र मिश्रको साझा पार्टीका किशोर थापाको बिषय पनि हरेक जस्तो बुथमा चर्चामा आयो । कांग्रेस,एमालेका बलिया उमेद्द्वारलाई यिनै दुई चर्चित उमेद्द्वारले गर्दा कतै मओवादीले पो चान्स मार्ने हो कि भन्ने आकलन पनि भयो ।
काङ्रेस र एमालेका उमेद्द्वारलाई रन्जु र किशोरले अप्ठ्यारो पारेको कुरालाई धेरै मतदाताहरुले बहसको बिषय बनाय । प्रत्यक मतदाता केन्द्रमा रन्जु र साझा पार्टीका उमेद्द्वारहरुको चर्चा उस्तै थियो । गत संविधानसभाको चुनावी परीणामा र बिगतको स्थानिय निर्वाचनलाई लियर कांग्रेस एमालेका मेयर उमेद्द्वारमा को बलियो भन्ने बिषयलाई लियर पक्कै यही उमेद्द्वारले बाजी मार्ला भन्ने धारणा भने कसैले दिन सकेन

काठमाडौं महानगरमा मेयरका लागि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुनेछ। यी दुई दलका उम्मेदवारबाट एक जना विजयी हुनेछन्। गत संविधानसभा चुनावलाई हेर्ने हो भने काठमाडौं महानगरमा कांग्रेस नै बलियो भएको देखिन्छ। त्यतिबेला काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये ८ वटामा कांग्रेसले जितेको थियो भने एमालेले दुई सिट ल्याएको थियो । यसलाई आधार मानेर विस्लेषण गर्नु भने गलत हुनेछ । त्यती बेलाका काठमाडौंका गाविसहरु अहिले नगरपालिका भैसकेको छन ।
मतदातहरुलाई सरसर्ती भुझ्दा प्रतिस्पर्धी दलहरु मध्य कुन पाटीको भोट विवेकशिल पार्टी र साझा पार्टीले काट्ने हुन भन्ने बिषय नै प्रमुख र पर्खाई को बिषय भएको देखियो । काठमाडौंमा बिस्तारै चर्चित बन्दै आएको युवाहरुको समुक विवेकशिल पार्टीलाई युवाहरुले साथ दिएका छन भने अर्का तर्फ विद्धिक वर्गको साथ पाएको साझा पार्टीलाई पनि राम्रै साथ पाएको अंकलन गर्न सकिन्छ ।
माओवादीलाई भने जनताले त्यती धेरै नपत्यको र फुटको चोटले पनि धेरै धक्का लागेको काठमाडौंका मतदाताहरुको मुख बाट सुनियो । तर पनि एमाले र कांग्रेसका भोट विवेकशिल र साझा पार्टी तिर जाने भएकाले यस्को केही फाईदा भने माओवादीलाई हुने देखिन्छ । एमालेका राष्ट्रवादलाई केही जनताले पत्याउन छोडेका र कांग्रेसका माओवादी सँगको तालमेललाई लिएर चिडियाका भोटले पनि कांग्रेस र एमालेलाई असर गर्नेछ । प्राय बुथमा माओवादीका भोट पनि बाडिने नयाँशक्ती र बैद्द्यका भोट भने एमाले तिर जाने सम्भावनालाई लेखाजोखा गरेको पाइयो ।

यस्तै नेवार समुदायका कांग्रेसका उम्मेदवार राजुराज जोशी र एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुबै काठमाडौंको नेवार वस्तीको भोटलाई लियर पनि तुलना गरेको देखियो । कांग्रेसका राजुराज काठमाडौंमा भित्री नेवार नभएका तर विद्यासुन्दरले दुई दुई पल्ट वडाध्यक्ष चलायका कुरालाई जोडेर पनि हेरियो तर पनि २० वर्ष पहिलेको परीणामलाई लियर हतारमा निर्णयमा पुग्न गार्हो परेको अवस्तामा मतदाताहरु थिए ।
राप्रपा सँगको तालमेललाई र माओवादीका रुस्ट भोट समायोजन भयो भने फेरी विद्यासुन्दर अगाडि हुने कुरालाई एक थरीका मतदाताहरुको बुझेको पाइयो । तर परीणाम नआई यसै भन्न नसकिने जनताहरुको बुझाई थियो ।
प्रतिक्रिया