११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !

सारांश

  • काठमाडौँ, ३ भदाै ।
  • ११३ अपराधमा आरोपित लेडी ग्यांगस्टारलाई शनिबार दिल्ली पुलिसले समातेको छ ।
  • ‘मम्मी’को नामले चिनिने ६२ वर्षिय बसीरन दिल्लीका पाँच मस्ट वान्टेड महिला अपराधिहरुको सूचीमा थिइन् ।

काठमाडौँ, ३ भदाै । ११३ अपराधमा आरोपित लेडी ग्यांगस्टारलाई शनिबार दिल्ली पुलिसले समातेको छ । ‘मम्मी’को नामले चिनिने ६२ वर्षिय बसीरन दिल्लीका पाँच मस्ट वान्टेड महिला अपराधिहरुको सूचीमा थिइन् । ४५ वर्ष पहिले राजस्थानबाट दिल्ली आएकी बसिरनले सानो झुपडीमा बसेर अवैध रक्सि बेच्ने काम गर्थिन् । रक्सि बेचेर सुरु गरेको उनको अपराधिक करिअर छोटो समयमै निकै माथि पुगेको थियो । र अन्डरवर्ल्डमा छुट्टै नाम कमाएकी थिइन् ।

बसिरनलाई एक हत्याको आरोपमा अदालतले गएको मे महिनाको अन्तिम सातामा कुख्यात अपराधि घोषित गरेको थियो । आठ महिना देखि भूमिगत रहेकी बसिरनलाई आफ्नो परिवार भेट्ने क्रममा गुप्त सूचनाका आधारमा गिरफ्तार गरेको प्रहरी कमिश्नर रोमिल बानियाले बताए । बसिरनको सम्पत्ति यस अघि नै कानुनि रुपमा सरकारले जफत गरिसकेको छ । हत्याका आरोपित धेरैलाई यस अघि नै प्रहरीले पक्रन सफल भएपनि बसिरन भने गएको जनवरी देखि बेपत्ता थिइ ।

बसिरनका आठ छोराहरु उसैसँग अपराधिक काममा सामेल छन् । जसमा हत्या डकैती अपहरण तस्करी आदि कार्य पर्छन् । बसिरन तथा उनका छोराहरुको कब्जा विहारका केही सरकारी कार्यालयमा पनि रहेको कमिश्नर बानियाले बताए । बसिरन आफ्ना छोराहरुसँग मिलेर पानी माफिया पनि गर्ने गर्थिन । उक्त कार्यमा संलग्न एकलाई प्रहरीले पहिले नै समातेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ जनाको मृत्यु भएको सप्तरी घटना: प्रदेश सरकारले दियाे चासाे
५ जनाको मृत्यु भएको सप्तरी घटना: प्रदेश सरकारले दियाे चासाे
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली
चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै, के होला गोविन्द केसीको माग पुरा ?
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रामायणमा ऋतिक रोशन र दीपिका पादुकोण
रामायणमा ऋतिक रोशन र दीपिका पादुकोण
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
Demands of Dr KC should not be used for partisan interest: Bibeksheel
Demands of Dr KC should not be used for partisan interest: Bibeksheel