बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने

सारांश

  • काठमाडौं, १५ जेठ- सर्वोच्च अदालतको आदेश अनुसार आज सरकारले बालकृष्ण ढुंगेललाई माफी दिने भन्ने विषयको फाइल सर्वोच्चमा पेश हुँदैछ ।
  • सर्वोच्चले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल आज मंगलबार पेश गर्न आदेश गरेको छ।
  • आज सरकारले गरेको निर्णयको फाइल सर्वोच्चमा पेश भएपछि ढुंगेलेको विषयमा के हुन्छ भन्ने निकै चासोका साथ हरिएको छ ।

काठमाडौं, १५ जेठ- सर्वोच्च अदालतको आदेश अनुसार आज सरकारले बालकृष्ण ढुंगेललाई माफी दिने भन्ने विषयको फाइल सर्वोच्चमा पेश हुँदैछ । सर्वोच्चले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल आज मंगलबार पेश गर्न आदेश गरेको छ। आज सरकारले गरेको निर्णयको फाइल सर्वोच्चमा पेश भएपछि ढुंगेलेको विषयमा के हुन्छ भन्ने निकै चासोका साथ हरिएको छ ।

हिजो सोमबार दुवै पक्षको सुनुवाई नसकिएको भन्दै सरकारले गरेको निर्णयको फाइल मागेको हो । न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सक्कल फाइल पेश गर्न आदेश गरेको हो। समय अभावका कारण दुवै पक्षको बहस नसकिएको भन्दै सर्वोच्चले मंगलबार निर्णय सुनाउने भएको छ।

‘अन्तरिम आदेश छलफलका लागि पेश हुन आएको रिट निवेदनमा समय अभावले बहस नटुंगिएकाले छलफलका लागि भोलि जेठ १५ गते पेश गर्नु’ सर्वोच्चले सोमबार जारी गरेको आदेशमा भनिएको छ, ‘बालकृष्ण ढुंगेललाई सजाय मिनाहा सम्बन्धी सक्कल फाइल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी महान्यायाधीवक्ताको कार्यालय मार्फत झिकाउनु होला।’

आज गणतन्त्र दिवसको अवसरमा सरकारले माफी दिन लागेको बताइएको छ । सर्वोच्चले जन्मकैदको सजाय भोगिरहेका ढुंगेललाई माफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वोच्च अदालतमा बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान
रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अगलागी..
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अगलागी..
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
शीतल निवासमा रातमा गोप्य बैठक
शीतल निवासमा रातमा गोप्य बैठक
सरकारले चीनसँग जोडिएका नाकालाई खुलाउँदै लैजाने नीति लिएको छ: प्रदीप ज्ञवाली
प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने
प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

तपाईंले छुटाउनुभयो कि?