ओली र प्रचण्डले स्थायी कमिटि बैठकको एजेण्डा तय गरे
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेर पार्टी स्थायी कमिटी बैठकको एजेन्डा तय गरेका छन् ।
- आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तापछि एजेन्डा तय भएको हो ।
- दुवै अध्यक्ष बसेर वृस्तृत छलफल गरी स्थायी कमिटीमा लाने एजेन्डा तय गरेको बुझिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेर पार्टी स्थायी कमिटी बैठकको एजेन्डा तय गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तापछि एजेन्डा तय भएको हो ।
दुवै अध्यक्ष बसेर वृस्तृत छलफल गरी स्थायी कमिटीमा लाने एजेन्डा तय गरेको बुझिएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित पार्टी विवाद समाधानका लागि सुझाव तयार गर्ने कार्यदलको प्रस्तावलाई अन्तिम रुप दिई एजेन्डाका रुपमा स्थायी कमिटीमा लगिने भएको छ । आज ओली र प्रचण्डले कार्यदलको प्रस्तावलाई अन्तिम रुप दिई कुरा नमिलेका विषय स्थायी कमिटीमा छलफल गर्ने गरी प्रस्तुत गर्ने भएका हुन् ।
बैठकमा स्थायी कमिटीमा लाने प्रस्तावहरुमा बामदेवलाई राष्ट्रियसभामा लाने विषयका अलावा सरकार सञ्चालन र पार्टीका कतिपय कार्यविभाजनसम्बन्धी विषय पनि रहेको बुझिएको छ । बैठकमा कोभिड १९ को जोखिम रोकथामका लागि सरकारले चालेका कदमबारे पनि समिक्षा गर्ने गरी एजेन्डा बनाइएको छ ।
नेकपा स्थायी कमिटी बैठक आगामी शुक्रबार बस्ने तय भएको छ । १३ साउनमा स्थगित बैठक २६ भाद्रमा बस्ने गरी तय भएको हो ।
प्रतिक्रिया