सप्तकोशी नदीको पानी पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares
सप्तकोशी नदीको पानी  पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग

सारांश

  • उदयपुर साउन ,३० ।
  • सप्तकोशी नदीको बुधबार बिहान १०-११  बजे बराहक्षेत्रको मापन अनुसार कोशी नदीमा दुई लाख ७२ हजार ७५० क्युसेक पानी मापन गरिएको हो ।
  • मापन गरिएको क्युसेक पानी  पाँच बर्षयताकै सबै भन्दा बढी रहेको छ ।

उदयपुर साउन ,३० । सप्तकोशी नदीको बुधबार बिहान १०-११  बजे बराहक्षेत्रको मापन अनुसार कोशी नदीमा दुई लाख ७२ हजार ७५० क्युसेक पानी मापन गरिएको हो ।मापन गरिएको क्युसेक पानी  पाँच बर्षयताकै सबै भन्दा बढी रहेको छ । उदयपुर र सुनसरी को बिच मा रहेको कोशी को पानी हेर्दा नै यो नै ४ ,५ बर्ष को ठुलो वाढी भयको उदयपुर कोशी किनार का बासिन्दा दिनेश खड्का ले बताए  ।

यो मापन कोशी ब्यारेज भन्दा फरक भएपनि सबै भन्दा बढी संम्बेदनशिल मापन बराहक्षेत्रलाई मानिन्छ । ‘बिहान ११ बजेको मापन अत्याधिक हो’ स्थानिय एवम कोशी विज्ञ रबिन घिमिरेले भने ‘पानीको सतह बढेर राजावास आसपास पानी नदी भन्दा बाहिर आएको थियो’ । पानीको डिस्चार्ज यति धेरै भएपछि राजवास, बराहक्षेत्र र प्रकाशपुरका स्थानियहरु त्रसित बनेका थिए । तर १२ बजे यता पानीको डिस्चार्ज घटेर दुईलाख ५२ हजार क्युसेकमा घटेको घिमिरेले बताए  ।

पूर्व को पहाडी क्षेत्रमा बर्षात रोकिदै गएको ले कोशीमा वहाव घट्ने बढ्ने क्रम जारी छ ।  घिमिरेका अनुसार बराहक्षेत्रको मापनलाई गम्भीर रुपले लिनुपर्छ, ब्यारेजको मापनले खासै असर पदैन । बराह क्षेत्रबाट बग्ने पानीको वहावले सुनसरीका भागमा कटान गर्ने भएकाले बराहक्षेत्र लाई संम्बेदनशिल मान्नु पर्छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बराहक्षेत्रमा पानीको वहाव बढेपछि ब्यारेजको ढोका खोल्न ब्यारेज कन्ट्रोल रुमलाई आग्रह गरेको छ । यता ब्यारेजको २ बजेको मापन अनुसार ब्यारेजबाट दुईलाख ५ हजार ३८० क्युसेक पानी डिस्चार्ज भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट
प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट
कस्ता मास्क कसरी लगाउने ?
कस्ता मास्क कसरी लगाउने ?
बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार
बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नेपाल भारतसँग पराजित
नेपाल भारतसँग पराजित
आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेपछि ६ महिना जेल र जरिवाना
आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेपछि ६ महिना जेल र जरिवाना

तपाईंले छुटाउनुभयो कि?