‘नेता जोगाउँदा कांग्रेस रित्तियो’

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
‘नेता जोगाउँदा कांग्रेस रित्तियो’

सारांश

  • नेपालगन्ज : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीभन्दा  नेता जोगाउने कार्यले नेपाली कांग्रेस रित्तिएको बताए।
  • प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले नेपाली कांग्रेसभित्र व्यक्ति जोगाउने प्रवृति हावी भएको बताए।
  • उनले कुनै व्यक्तिलाई जोगाउने प्रवृति हावी भएकै कारण नेपाली कांग्रेस इतिहासमै कमजोर सिद्ध भएको दाबी गरे।

नेपालगन्ज : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीभन्दा  नेता जोगाउने कार्यले नेपाली कांग्रेस रित्तिएको बताए। प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले नेपाली कांग्रेसभित्र व्यक्ति जोगाउने प्रवृति हावी भएको बताए।

उनले कुनै व्यक्तिलाई जोगाउने प्रवृति हावी भएकै कारण नेपाली कांग्रेस इतिहासमै कमजोर सिद्ध भएको दाबी गरे। उनले संसदीय दलका नेता शेरबहादुर देउवाको लबमिच्याइले पार्टीको शाख नै गिरेको संकेत गरे। जबसम्म काम चलाउने शैली अन्त्य गर्न सकिँदैन तबसम्म पार्टी जोगाउन नसकिने उनले बताए।

नेपाली कांग्रेसका लागि नेताभन्दा पनि पार्टीलाई जोगाउनुपर्ने अहिले प्रमुख खाँचो रहेको बताए। ‘कांग्रेसको सबभन्दा ठूलो चुनौती भनेको पार्टीलाई सुधार गर्नु नै हो, पार्टीमा कामचलाउने शैलीमा नेता जोगाउने प्रवृति हाबी भयो’ उनले भने, ‘केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण कांग्रेस इतिहासमै कमजोर सावित भयो, अब यो कार्यशैली बदल्नु आवश्यक छ।’

सभापति शेरबहादुर देउवाको हातमा आएपछि नेपाली कांग्रेस पार्टी लथालिंगको अवस्थामा पुगेको सिंहको आरोप थियो। ‘पार्टीलाई लथालिंगको अवस्थामा पुग्यो भन्ने कार्यकर्ताको आरोप निर्वाचनमा आएको परिणामबाट नै सिद्ध हुन्छ, अब पनि सच्चिन नसके पार्टी पहिलेको स्थानमा आउने सम्भावना देखिँदैन’ उनले भने।

पूर्व प्रधानमन्त्री सिंहले पार्टीको जारी केन्‍द्रीय समिति बैठकमा आफूले पार्टीभित्रको कमीकमजोरीलाई लिखितरुपमा औल्याएर सभापति देउवालाई बुझाइसकेको जानकारी दिए।

पार्टीको १३ औं महाधिवेशनपछि विधानले निर्देशित गरेका कुरालाई दुईवर्ष पुगिसक्दा पनि सभापतिले कार्यान्वयन गर्न नसकेको आरोप लगाए। ‘अहिलेकै केन्द्रीय समिति बैठकले विधान संशोधन गर्नको लागि एउटा समिति गठन गरेर संशोधित विधानको दस्तावेज महासमितिमा लगेर त्यसलाई वृहतरुपमा छलफल गराएर संशोधन गर्नुपर्छ, उनले भने।

सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोर अवस्थामा पुगेको उल्लेख गरे। अर्को प्रसंगमा पूर्वमहामन्त्री सिंहले नेपाली जनताले आफै बनाएको संविधानप्रति टिप्पणी गर्ने अधिकार कसैलाई पनि नभएको चेतावनी दिए। युरोपियन युनियन अन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे दिएको धारणाप्रति उनले आपत्ति जनाए।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kc Ganesh

    सुशील कोइराला ले सेर बहादुर ले पाटी पनि सक्छ देश पनि सक्छ होसियार रहनु है हनुमाने गिद्द हो भनेकै हो नि ,सभापती बनाउने बेलामा टन्न दारु पिइयर बिहोस भयर ताली मारेउ अहिले आफ्नै पुर्पुरोमा हात राखेर रुन्छौ ।

    Comment Author

    Ishwor Giri

    काङ्ग्रेस हार्नु मा यिन महासयकाे पनि ठुलै भुमिका छ संसदमा हुदा लाेकमान , नाकाबन्दी शुसिला कार्की र प्रहरी महानिरिक्षक का बिषयमा मुखमा दहि जमाउने चुनावमा उपत्यका नछाड्ने अनि सभापति काे मात्र बिराेध गर्ने अनि कसरी जित्थ्याे सबै चाेर हाै

    Comment Author

    Dorna Sirmali

    Nothing to say

    Comment Author

    Rishi Kesh Neupane

    Yes

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?