यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
सारांश
- काठमाडौं ।
- “यहाँबाट राष्ट्रपतिको सवारी हुँदै थियो ।
- ४० मिनेटदेखि ट्राफिकले रोकेर राखिरहेका थिए ।
काठमाडौं । “यहाँबाट राष्ट्रपतिको सवारी हुँदै थियो । ४० मिनेटदेखि ट्राफिकले रोकेर राखिरहेका थिए । त्यत्तिकैमा एकजना मानिस आजित हुँदै बोले, यो बाटो राष्ट्रपतिभन्दा जनताको धेरै हो । राष्ट्रपतिलाई हामीले बनाएका हौं । सबैले हो हो भन्दै आफ्नो सवारी साधन अगाडि बढाए, बाँकी भिडियोमा” यी शब्द सामाजिक सञ्जाल ट्विटरमा शब्दचित्रले लेखेर भिडियो राखेका छन् । भिडियो कमल विष्टले खिचेका थिए ।
मंगलबार साँझ खिचिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भैसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजना गरिएको रात्रिभोज कार्यक्रममा जानको लागि बाटो बन्द गरिएको थियो । सवारी हुने बेला सधैंजस्तो ट्राफिक प्रहरीले बाटो रोकेका थिए । तर, केहीसमय रोकिएका सर्वसाधारण ट्राफिक प्रहरीलाई विद्रोह गर्दै सवारी चलाए ।
ट्राफिक प्रहरील फेसबुक मार्फत वैकल्पिक बाटो प्रयोग गर्न सामाजिक सञ्जाल फेसबुक लगायतमा जानकारी भने गराइसकेको थियो । तर, यात्रुले राजा हटाएर ल्याएएको राष्ट्रपतिको सवारी विरुद्ध ठूलो ‘विद्रोह’गरे । यात्रुले गरेको यो विद्रोहलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ ।
प्रहरीले साँझ साढे ६ बजेको समयमा भनेको छ, अबको केही समयमा विषेश कारणवश शितल निवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै प्रभावित हुनेछन् । सो रुटमा संचालन हुने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरिन्छ’ भन्ने सूचना जारी गरेको थियो ।
त्यो सूचना कतिले देखे देखेनन् त्यो विषय छुट्टै छ । राष्ट्रपतिको सवारीको समयमा दुवै तर्फको बाटो रोक्ने गरिएको छ । साँझको बेला डेरा, घर फर्किरहेका यात्रुले ट्राफिक प्रहरीको नियम मानेनन् । उनीहरु हुरुरु नियम उल्लंघन गर्दै विद्रोह गरेका छन् ।
यो उच्च विशिष्ट व्यक्तिहरुको सवारीका बेला सदैव सर्वसाधारणले उठाइरहने विषय हो । जनताले गरेको यो विद्रोहलाई हल्का ढंगले लिनुहुन्न । सरकारले यसका विषयमा सोच्ने बेला आइसकेछ ।
यहाँबाट रास्ट्रपतिको सवारी हुँदै थियो। ४० मिनेट देखि ट्राफिकले रोकेर राखीरहेका थिए।
त्यतिकैमा एक जना मानिस अाजित हुदै बोले, 'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' सबैले 'हो हो' भन्दै आफ्नो सवारी साधन अघि बढाए, बाँकी भिडियोमा।
V: Kamal Bista pic.twitter.com/kIeb3rCN96— Pramod Bhattarai (@pramodbha) March 5, 2019
प्रतिक्रिया