समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले
सारांश
- काठमाडाैं।
- प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ।
- निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ।
काठमाडाैं। प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ।
नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन्।
अहिलेसम्म नेकपा एमालेले २४ लाख ७८ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ५६ हजार १ सय ९० मत पाएको छ।
समानुपातिकमा माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९ सय ३ मत प्राप्त गरेको छ। माओवादी केन्द्रको भागमा १० लाख ३७ हजार २ सय २७ मत परेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८ सय १, जनता समाजवादी पार्टीले ३ लाख ९ हजार ५ सय ८६, जनमत पार्टीले २ लाख ४३ हजार ४ सय ९४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्।
binance Inscreva-se
Your article helped me a lot, is there any more related content? Thanks!